२१ कार्तिक २०८१, बुधबार
निवन्ध ः नग्नदेखि नग्नसम्म
नग्नदेखि नग्नसम्म
दीन पन्थीतम्घास, गुल्मी
सम्भवतःआदिम कालमा मान्छे नाङ्गै थियो होला । पछि जाडोले र लाजले आङ ढाक्न थाले होला । पछि आङ ढाक्नु सभ्यता र संस्कृति बने होला । अझै पछि यो बडप्पन, प्रतिष्ठा, सौन्दर्य र धनाढ्यताको प्रतीकपनिबने होला । मलाई के लागिरहेछ भने मान्छेको सभ्यता जहाँबाट प्रस्थान गरेको हो त्यही पुग्नेछ । áबाइबलको ओल्ड टेस्टामेन्टमा लेखिएको छ–भगवान्ले प्रथम मान्छेहरु आदम र इभ बनाएर एडेनको बगैंचामा राख्यो। त्यहाँ खाने कुराको कमी थिएन । भगवान्ले भनेको थियो’ –सबै फल खानू, त्यो बीचमा रहेको फलनखानू । मजाले दिन बितेका थिए आदम र इभका । तिनीहरु सर्वाङ्ग नग्न थिए तर नग्न हुनुको लज्जाबोध तिनमा थिएन । निषेधमा उत्सुकता हुन्छ । उत्सुकताले गर्दा तिनीहरुले भगवान्कोनिषेध मानेनन्। जब तिनीहरुले वर्जित फलको स्वाद चाखे तब तिनीहरुलाई आफू नग्न भएको आभास भयो र लज्जाबोध पनि भयो । हत्तपत्त तिनीहरुले भुटुकका पातहरु टिपेर आफ्ना जननेन्द्रिय ढाके । इभलाई छाती देखाउन पनि लाज लाग्यो । उसले आफ्ना छातीका दुबै उभारहरुलाई पनि पातलेढाकी । áउटपट्याङ्झैं लाग्ने यस मिथकको अभिप्राय गहन छ । यसमा रहस्यमय गूढार्थ छ । यसमा वर्जित फलको अभिप्राय मैथुन क्रिया हो । जससँग कामभावना शून्य छ त्यसलाई यौनाङ्ग देखाउन लजाउनु पर्ने कारण हुँदैनर जससँग नैतिक चेतना छैन त्यसलाई पनि लाज हुँदैन। बच्चाहरु नंगधङ्गहिंड्छन्लजाउन्नन्। बच्चाहरु त्यति बेलासम्म लजाउन्न्जति बेलासम्म आफ्ना इन्द्रियको दोस्रो विशिष्ट कार्यबारे अनभिज्ञ रहन्छन्। श्लील र अश्लीलका परिभाषा गर्ने मान्छे हो, प्रकृति होइन । áअर्को प्रसंग छ–महर्षि वेदव्यासका छोरा शुकदेव जोगी बन्ने धूनमा घरबाट हिडे । चिन्तितवेदव्यास पनि उनलाई फर्काउन पछिपछि लागे । शुकदेव युवा थिए तर बुङ्गै हिडिरहेका थिए । बाटैमा रहेको जलाशयमा सुन्दर युवतीहरु नग्न भएर स्नान गर्दै थिए । शुकदेव नजिकैबाट गए, युवतीहरुले आफ्ना आङ्ढाकेनन्। जब वेदव्यास त्यहाँ पुगे युवतीहरुले आफ्ना नग्न अङ्गहरु हस्याङ्–फस्याङ्गर्दै ढाके । यस्तो देखेर वेदव्यास छक्क परे । उनले सोधे तिमीहरुले मेरो तन्नेरी छोरालाई देखेर आफ्ना नाङ्गा आङ्हरु ढाकेनौ । म बूढालाई देखेर हत्तपत्त ढाक्यौ, किन ? ।। निबन्ध।।
ज्ञण्घहाम्रो पुरmषार्थ–९७áयुवतीहरुले भने–तपाईं विवाहित र सन्तानका पितासमेत हुनुहुन्छ । तपाईंसँग नारीपुरmषमा भेदबुद्धिछ । तपाईंको मनमा कामविकार छ भन्ने हामीलाई लाग्छ । तपाईं लुगा लगाएर हिड्नुहुन्छ । तपाईंका छोरा तन्नेरी भएर पनि २ वर्षका बच्चाझैं बुङ्गै हिड्छन्। उनी निर्विकार छन्। उनमा न कामना छ न लज्जा । उनलाई हामी यो पृथ्वी, वायु, आकाश र यी वृक्षजस्तै मान्छौं, तसर्थ हामी उनीसँग लजाएनौं । वेदव्यासको चित्त बुझ्यो र उनी हिडे । áनग्नता प्राकृत हो, सत्य हो । मान्छेबाहेक अरु प्राणीले न सत्यको गफ गर्छ, न सत्य लुकाउँछ । यसर्थ मान्छे मात्र एउटा अप्राकृत र ढोंगी प्राणी हो । नीति, सभ्यता, संस्कृति सबका सब ढोंग हुन्। मान्छे बाहिर जतिसुकै सभ्य, सुसंस्कृत, दान्त, शान्त देखिए पनि भित्र नग्न, बर्बर, अशान्त र असंयमित छ । गुप्तांग नढाक्ने पशुपंक्षीहरु कामवृत्तिमा संयमित र ऋतुगामी छन्। यम, नियम र ब्रह्मचर्यका चर्चा गर्ने मान्छे भने कामवृत्तिमा अत्याचारी र विलासी छ । áरहस्यमा कुतूहल छ,कुतूहलमा रोमाञ्च छ र रोमाञ्चमा आनन्द छ । त्यसैले त देखाउनुमा भन्दा ढाक्नुमा रहस्य छ । उदाङ्गमा आकर्षण होइन, विकर्षण छ । यदि मान्छे बुङ्गै हिड्न थाल्यो भने मान्छेको काम वासना घट्नेछ । लुकेको र ढाकिएको विषयमा बढ्ताआकर्षण हुन्छ । ढाक्नुमा आकर्षण हुनाले पुरmषहरुले महिलाहरुलाई घुम्टा र बुर्काको व्यवस्था गरे होलान्। नग्न अवस्थामा त मान्छे नै सबैभन्दा भद्दा र कुरुप प्राणी होला । áमेरो एउटा नागा जोगीसँग भेट भएको थियो । कुराकानीमा उनी निकै प्रबुद्ध लागे । उनीसँग भेट भएपछि नागाजोगीप्रतिको मेरो भावना फेरियो । उनले भन्ने गर्थे –मनमा विकार नभएकाका लागि दशै इन्द्रिय समान छन्। जनेन्द्रिय, नाक, कान वा हातमा कुनैभेद छैन । अङ्गहरु देखाउन लजाउनुपर्दैन, अनैतिक कर्म गर्न पो लजाउनुपर्छ । áउनका कुराबाट बोध भयो–इन्द्रियमाथि विजय प्राप्त नगरी मनमस्तिष्क स्वस्थ रहेको मान्छे बुङ्गै हिड्न किमार्थ सक्दैन।áसभ्यताको सिंढीसँगैढाकिंदै गएका अङ्गहरु सुस्तरी उघारिंदै गएको प्रतीत भइरहेछ ।बन्देजबाट विद्रोह उठ्छ । युगौंदेखि घुम्टा र बुर्काले ढाकिएकाहरु प्राकृत अवस्थातिर फर्कंदै गरेको देख्दा हेर्ने आँखाहरुउघारिएको देख्दाचकित छन्। ढाकिएकोमासौन्दर्य देख्ने आँखाहरु उघारिएकोमा सौन्दर्य खोजिरहेछन्। सभ्यताहरु फेरिएका छन्, परिभाषाहरु फेरिएका छन्, पात्रहरु फेरिएका छन्, सन्दर्भहरु फेरिएका छन्तर मान्छेमा आदिम प्रवृत्तिहरुफेरिएका छैनन्। ढाकियून्वा उघारिऊन्–वासना उनै छन्, कामुकता उनै छन्। लीलाहरु अविरल चलिरहेछन्–उस्तै–उस्तै ।