गुल्मीमा सवारी दूर्घटनामा दुई जनाको मृत्यु ११ जना घाइते

admin

२०८२ चैत्र २२ गते, आईतवार १९:१७ मा प्रकाशित

गुल्मी, २२ चैत । गुल्मीदरबार गाउँपालिका–४ मिसुका स्थित भित्री कच्ची सडक खण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दुर्घटनामापरी मृत्यु हुनेमा गुल्मीदरबार गाउँपालका –४ निवासी ३५ वर्षीया कृष्णा ढेँगा र ४० वर्षीया मीना सनामीको उपचारको क्रममा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपनिरिक्षक गंगा बहादुर सारुले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बलेरो पिकअप गाडी अचानक ब्रेक फेल भई स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटना परी सोही स्थानकी ४० वर्षीय जमुना ढेंगा, ४५ वर्षीय सुमित्रा ढेंगा, ३६ वर्षीय पार्वती ढेंगा, ३० वर्षीय पम्फा ढेंगा, ३३ वर्षीय कुमारी पुन ढेंगा, ३५ वर्षीय कृष्ण ढेंगा, ४४ वर्षीय खगी ढेंगा, २४ वर्षीय निर्मला ढेंगा, ३१ वर्षीय माया ढेंगा, ५५ वर्षीय नैना ढेंगा र ३ वर्षीय वालीका चाया ढेंगा रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्य मध्ये चालक ३८ वर्षीय शेरबहादुर ढेंगा र ३ वर्षीया चाया ढेंगाको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचार भइरहेको छ भने अन्य घाइतेहरूलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।