निर्मला थापा मगरको लोकपप् “भमरा ” एल्बम सार्वजनिक

मंसिर २९ काठ्माण्डौ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाउन सफल गायिका निर्मला थापा मगरको भमरा नामक लोकपप गीतको भिडियो सार्बजनिक भएको छ । राजकुमार बगरको शब्द संगीत रहेको उक्त भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् ।

सार्वजनिकभएको भमरा एल्बम निर्मला थापा मगरको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । जस्तोसुकै गित गाउन पनि अब्बल गायिका निर्मला थापा मगरको यो भन्दा अगाडिका एल्बम हरुले निकै चर्चा कमाउन सफल भएका छन् । पधेरिमा पानी भर्न, यो मनले जस्ता लोक पप एल्बम तथा सोल्टी राजा, तम्घास बजार, भेट हुदा नामक लोक दोहोरी गीत सबैकाे मनमनमा बस्न सफल भएको छ ।

भमरा एल्बममा मोडलहरु  आरुसी मगर, भुवन मगर तथा हरुदा लामाले मोडेलिङ गरेका छन् । काठ्माण्डौ का विभिन्न स्थानमा छायांकन गरिएको भमरा को पुरा भिडियो हेरौ ।