आजको डायरी

टोपलाल अर्याल
गुल्मी । मंसिर ५ गते, उमेरले ८० आसपास देखिने एक जना हजुर आमा गहभरी आँशु लिएर प्रमुख जिल्ला अधिकारी कार्यकक्षमा आफ्ना पिडा र बेदना सिडियो साबलाई पोख्दै गर्दा म पनि टुप्लुक्क त्यहिँ पुगे । एक छिन त्यो दृश्य र संवाद निहाली रहेँ । उहाँ रोएको देखेर म मात्रै होइन त्यहाँ रहनु भएका काङग्रेस नेता भुवन श्रेष्ट, सिडियो सावको पनि मुुटु भक्कानीएको थियो । चौरासी पुजा कुरेकी त्यी बुढि आमाको मुखमा हेर्दा लाग्थ्यो बुढेशकालमा शाहारा बाहेक अरु 1560629_907045559360812_5404772836058053825_nकुनै आशा छैन् । पटक पटक छोरा बुहारी तिर नजर दिँदै उहाँ भन्नुहुन्थ्यो म पित्र भएकी बुढिलाई किन पिट्ने । छोरा बुहारीले हेला गर्नुको साथै बुहारीले लुच्ने सम्म गरेको बताउने उहाँले अहिले प्रसासनको साहारा खोज्नु भएको रहेछ । सम्झाई बुझाईको प्रयास जारी नै रह्यो प्रदिप सरको । बुहारीलाई सम्झाउँदै उहाँ भन्नुहुन्थ्यो मरेपछि मलामीको एक दिनको साथ भन्दा अरु के नै छ र जीन्दगीमा छिछी र दुरदुर गर्छेउ नानी यि पितृ भएकी हजुर आमालाई । एक पछि एक कर्णप्रिय बचनभावले ति बुहारी सम्झाउने प्रयास प्रदिप सरको भएपनि गल्तीको पश्याताप ति बुहारीमा देखिदैनथ्यो । भुवन सर र म मुखदर्शक जस्तो भएपनि त्यो पारिवारीक समस्या प्रति चिन्तीत थियौ । पेट्रोल र डिजेलको टोकन थाप्नेहरको लावालस्कर, फेरी हामी तिरै हेरेर प्रदिप सरले भन्नुभयो हिजो त्यो छोरो जन्मदा र ती बुहारी घर भित्राउँदा यी हजुर आमा कति खुसी हुनुहुन्थ्यो होला हेर्नोस त अहिले यो बिजोग । उहाँका प्रत्येक शब्द शब्दले मेरो मन छोएको थियो । मैले पनि टाउकोले सहमती जनाएँ र सम्झीएँ मेरो परिवार अनि बाबाआमा, केहि सिके अकाट्य अठोट पलायो । त्यतिकैमा मुद्धा फाँटका जयश्वर सरलाई अडर आयो आयन्दा यस्तो गल्ती हुनेछैन् भनेर पत्र लेख्नुहोस, फेरी पनि ति बुहारी मुन्टो बर्टार्दै मुद्धा फाँट तिर लागीन ।