रामराज्य उमावि स्थापना भएको ५० औ बर्ष गाँठ भव्यताका साथ मनाइने

टोपलाल आर्यल/पुष ७ गते । रामराज्य उमावि इस्मा दोहलीले आउँदो फाल्गुण १४ गते देखि १८ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको छ । रामराज्य उमावि हाम्रो शान, गुणस्तरिय सिकाई हाम्रो अभियान भन्ने स्वर्ण महोत्सवको नारा तय गरिएको छ । २०२२ सालमा स्थापना भएको विद्यालयले विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर महतको संयोजकत्वमा स्वर्ण महोत्सव मुल आयोजक समिति गठन गरेको छ ।
बिद्यालयको भौतिक व्यावस्थापन, अङग्रेजी माध्यममा पढाई संचालन गर्ने, लाइवे्ररी तथा कम्प्युटर सिकाईलाई व्यावस्थापन गर्ने उदेश्यले स्वर्ण महोत्सव संगै आर्थिक संकलनलाई पनि तिव्रता दिएको छ । त्यसैले लक्ष्मण विष्टको संयोजकत्वमा आर्थिक संकलन उपसमिति गठन गरिएको छ । उहाँले गाविस भित्र, स्वदेश तथा बिदेशमा रहेको विभिन्न व्यक्ति र निकाय मार्फत करिव ३० लाख रुपैयाँ संकलन गर्ने आफुहरुको योजना रहेको बताउनुभयो ।
अहिले सम्म गाविसका विभिन्न घरधुरीबाट साढे ११ लाख संकलन भएको र ४ लाख गाविस भित्रबाटै उठन बाँकी रहेको बिष्टले जानकारी दिनुभयो । साथै संयोजक बिष्टले जिल्ला भित्र तथा बाहिर र भारतका समेत केहि स्थानमा रकम संकलन गर्न टोली खटाउने तयारी भएको जानकारी दिनुभयो । कृष्ण रिजालको संयोजकत्वमा भौतिक व्यावस्थापन उपसमिति गठन गरिएको छ । यो समितिले पनि बिद्यालयको अहिलेको केही असहज संरचनालाई व्यावस्थापन गर्ने तयारी गरेको संयोजक रिजालले जानकारी दिनुभयो । शिक्षक माधव अर्यालको संयोजकत्वमा स्मारिका निर्माण उपसमिति गठन गरिएको छ । यो समितिले अहिले विभिन्न स्थानका व्यक्तिहरुसंगबाट लेख रचना संकलन गरिरहेको छ ।
यसैबिच राम बहादुर खड्काको संयोजकत्वमा खेलकुद तथा मञ्च व्यावस्थापन उपसमिति, राम बहादुर बिष्टको संयोजकत्वमा खाद्य व्यावस्थापन समिति, तथा प्रध्यानाध्यापक गुणाखर अर्यालको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । प्रचार प्रसार उपसमितिले विभिन्न सुचना तथा ब्रोसरहरु निर्माण गरी प्रचारप्रसार गरिरहेको प्रध्यानाध्यापक अर्यालले जानकारी दिनुभयो । साथै विभिन्न समिति तथा उपसमिति निर्माण गरी कामलाई तिव्रता दिने काम भैरहेको बिद्यालयले जनाएको छ ।
इस्मा क्षेत्रकै शैक्षिक धरोहरका रुपमा स्थापित यस बिद्यालयलाई तन, मन, धन र बचनले सहयोग गर्न सवैलाई बिद्यालयले अनुरोध गरेको छ । इस्माबासीको लामो संङघर्षले स्थापना भएको यस बिद्यालयले सफलतम ५० बर्ष पुरा गर्नु सवैको गौरवको बिषय भएको बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष चन्न्द्र बहादुर महतले बताउनुभयो । साथै उहाँले विभिन्न आरोह अवरोह पार गर्दै यहाँ सम्म आएको बिद्यालयको अवको उन्नती र प्रगती पनि सम्पुर्ण अभिभाव, शिक्षक एवं देश तथा बिदेशमा रहेका शुभचिन्तकहरुको हातमा रहेकाले सक्दो सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै स्वर्ण महोत्सवलाई अझ प्रभावकारी बनाउन मुल आयोजक समितिका अध्यक्ष चन्द्र बहादुर महतको संयोजकत्वमा १५ सदस्य स्वर्ण महोत्सव सचिवालय समिति समेत गठन गरिएको छ । आजै सचिवालय समिति र वडा नागरिक मन्चका संयोजक विच बैठक सम्पन्न भएको छ । समितिको बैठकले प्रचारप्रसारलाई तिव्रता दिने, सदरमुकाममा सचिवालय सदस्य एवं पत्रकार टोपलाल अर्यालललाई व्यावस्थापनको जिम्मा दिने, वुटवल तथा काठमाण्डौ व्यावस्थापन टोली गठन गर्ने, शुभकामना तथा बिज्ञापन संकलन गर्ने तथा भारतमा समेत आर्थिक संकलन गर्ने निर्णय गरेको छ ।

One thought on “रामराज्य उमावि स्थापना भएको ५० औ बर्ष गाँठ भव्यताका साथ मनाइने

  • December 23, 2015 at 7:44 am
    Permalink

    ARTHIK SANKALAN GARERA KE GARNE BHANNE TA LEKHIYENA TA? KE VIDHIALAYA KO KAREKARAM KO LAGI SARKAR LE KEHI BEWASTHA GARDO RAHENA CHHA KI KE HO?

Comments are closed.