दशैं सुरु हुनै लाग्दा पनि गुल्मीका सड्कहरु मर्मत भएनन्

अनिल खत्री
गुल्मी असोज ३ । दशै सुरु हुनै लाग्दा पनि वर्षायाम सँगै अबरुद्ध बनेका गुल्मीका अधिकांश ग्रामीण भेगका कच्ची सड्कहरु मर्मतमा भएका छैनन् । वर्षात रोकिए पनि सड्कहरु मर्मत नहुँदा यात्रु तथा सवारी साधनहरु जोखिमपूर्ण यात्र गर्न बाध्य भएका छन् ।
जिल्लाको सदरमुकाम तम्घासबाट बिभिन्न ग्रामीण स्थान पुग्ने ३ दर्जन कच्ची सड्कहरु वर्षात रोकिए पनि अझै मर्मत हुन सकेका छ्रैनन् । सड्क मर्मत नहँदा सदरमुकामबाट जिल्लाका अधिकांश ग्रामीण भेगमा पुग्ने सड्कहरु नियमित रुपमा सुचारु भएका छैनन् ।
सवारी साधन पुग्ने केहि स्थानहरुमा जोखिमपूर्ण अबस्थामा पुग्ने गरेकाले केहि स्थानमा भाडामा पनि वढी मुल्य तिर्नुपर्ने हुन्छ । वर्षात रोकिए सँगै चाडपर्वहरु नजिकिए पनि ग्रामीण भेगका अधिकांश सड्कहरु मर्मत गर्ने कुनै पहल देखिएको छैन् ।
जिल्लाका ग्रामीण भेगका मुख्य बजार पुग्ने सडकहरुमा गएको जेठ अन्तिम साता सगै बससेवा बन्द भएका छन् । त्यस स्थानका सड्कहरुमा छिटफुट रुपमा जिपहरु पुग्ने गरेका छन् । केहि स्थानमा पुग्ने सड्कहरुमा सवारी साधन पुग्ने गरेपनि अधिकांश सड्कहरुमा जोखिमपूर्ण अबस्थामा पुग्ने गरेका छन् ।
चाडपर्व नजिकिन थाले सगै सवारी साधनको चाप पनि बिस्तारै वढ्न थालेको छ । सवारी साधनहरुमा मानिहरुको आवत जावतमा चाप वढेसँगै ग्रामीण भेगका सड्कहरु मर्मत गरिदिन यात्रु र सवारी चालहरुले आग्रह गरेका छन् । बिभिन्न गाउँपालिकाहरुले दशै अगावै जतिसक्दो छिटो बिग्रेका सड्कहरु मर्मत गर्ने भनेपनि कामभने भएको छैन् ।