२४ आश्विन २०८१, बिहीबार
कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा गुल्मी प्रथम
गुल्मी अशाेज १७, जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा प्रथम भएकाे छ । गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारी बीच आ.ब. २०७९/०८० मा भएको कार्यसम्पादन सम्झौता (CPAS) मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले गतवर्ष जस्तै अति उत्कृष्ट सहित प्रथम स्थान (९६.४४ अंक) हाँसिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले बताउनु भयाे । साेहि अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका माननीय जनप्रतिनिधिज्यूहरु, अर्धवार्षिक कार्यसम्पादनकाे समयमा कार्यरत प्रजिअ/ सप्रजिअ, सुरक्षा निकायहरु, स्थानीय तहहरु, कार्यालय प्रमुखहरु, जिल्लामा क्रियाशील राजनीतिक दलहरु, पत्रकार महासंघ गुल्मी र सम्पूर्ण मिडिया क्षेत्र तथा सञ्चारकर्मीहरु, गैर सरकारी संघ संस्थाहरु लगायत सरोकारवाला सम्पूर्ण निकायहरुप्रति धन्यवाद सहित आभार व्यक्त गरेकाे छ ।