२१ कार्तिक २०८१, बुधबार
पलाष्टिकको प्रयोगले कुमाल समुदायको पेशा संकटमा
२९ असोज, गुल्मी । बजारमा भित्रिएका आधुनिक प्रविधिका भाडाले यतिबेला कुमाल समुदायको माटाका भाडा बनाउने पेशा संकटमा पर्दै जान थालेको छ । गाउँघरमा लोभ हुदैँ गएको माटाका भाडा बनाउने पेशाको संरक्षण गर्दै दशैं तिहरमा भाडा बनाउन गुल्मीका पदमलाई भ्याईनभ्याई छ ।
जिल्लाको इश्मा गाउँपालिका वडानम्बर ६ बुल्मका पदम मुखियाले पुर्खेयौली पेशां संरक्षण गरिरहेका छन् । मुखियाले बुल्म प्रगतिशिल सेरामिक्स उद्योग समुहबाट लिजमा लिएर पुर्खेयौली पेशाको जर्गेना गर्दै मनग्य आम्दानी गरिहेका छन् ।
०७१ सालदेखि संचालनमा आएको सेरामिक्स उद्योगमा दशै तिहार पर्व लक्षित गरेर पानस, फिल्टर, क्यान्डिल, हाडिँ, घैटा, मटुला, गमला, डल्लु, कचौरा, कप, पिलेट, गिलास, भगवानका मूर्ति तथा सजावटका सामाग्री बनिरहेको उनी बताउँछन् । सेरामिक्समा निर्माण गरिएका माटाका भाडाँहरु जिल्लाको सदरमुकाम तम्घास, पाल्पा, बुटवल लगाएतका बजारमा केही मात्रामा निर्यात हुने गर्दछ ।
चाडपर्वका मुखमा मुखियालाई भाडाँ बेच्न भ्याईनभ्याई छ । उनले जिल्ला र बाहिर हुने मेला महोत्सवका स्टलमा आफ्नो सिप र भाडाको प्रर्दशनी गर्दै आएका छन ।
उनले यसैबाट घरखर्च समेत चलाएका छन् । बजारमा पाइने पलाष्टिक भाडाले बजारीकरण र माटाको समस्या रहेको मुखियाको भनाइ छ ।
सेरामिक्स उद्योगलाई स्थानीय र प्रदेश सरकारले सहयोग गरेको छ । सेरामिक्सलाई अगाडि बढाउने गरि नीति इस्मा गाउँपालिका छ ।
यसवर्ष घरेलु तथा साना उद्योग कार्यालयले सेरामिक्स तालिम तथा प्रविधिमा सहयोग गर्न बजेट विनियोजन भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले बताए । उनले माटोबाट निर्मित भाडाको बजारीकरण तथा मूर्तिलाई प्रत्येक कार्यालयमा राखेर प्रचार प्रसार गर्न सके यसको बजारीकरणमा समेत टेवा पुग्ने बताए ।
जिल्लाका स्थानीय तहहरुले माटोबाट निर्मित कलात्मक सामाग्रीहरु मायाको चिनोको रुपमा प्रदान गर्न सकेपनि यसको बजारीकरणलाई ठूलो मदत मिल्ने भण्डारीको भनाइ छ । नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षणमा लागेका गुल्मीका पदम एक उदाहरणीय पात्र बनेर काम गर्दै आएका छन् ।