नेपाल निजामती कर्मचारी संगठन गुल्मीद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

admin

२०८० आश्विन ३० गते, मंगलवार २१:५० मा प्रकाशित

अनिल खत्री
३० असोज, गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले नेपालीहरुका महान पर्व विजया दशमी, तिहार, छट पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मंगलवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।
ज्ञवालीले विजया दशमी, तिहार, छट पर्वको अवसरमा शुभकामना दिँदै कर्मचारीमैत्री संघीय निजामति सेवा ऐन ल्याउन पहल गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले कर्मचारीका प्रतिनिधिसँग बसेर छलफल गरेरै अगाडी बढने बताए ।
निजामती कर्मचारीका मागका सम्बन्धमा सरकारले कति कुरा पुरा गर्छ सांसदबाट कति संशोधनको प्रस्ताव आउछ र सरकार कसरी अगाडी बढछ त्यो हेरेर अगाडी बढने ज्ञवालीले बताए । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य सूर्य थापा, लुम्विनी प्रदेश सदस्य कृष्ण सुनार, नेकपा एमाले गुल्मीका अध्यक्ष वालसिंह काउछा, सचिव गणेश श्रीपाली, कर्मचारी संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी लगायतले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गरेका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा सेवा निवृत कर्मचारी कुलप्रसाद भण्डारी र हरिप्रसाद अचार्य लाई सम्मान गरिएको थियो । उनिहरुलाई प्रमुख अतिथि समेत रहेका ज्ञवालीले दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।
नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष भिम खनालको अध्यक्षता रहेको कार्यक्रममा कार्यसमिति उपाध्यक्ष कृष्ण भट्टराईको स्वागत रहेको थियो । कार्यक्रमको सहजीकरण लालमणि भण्डारीले गरेका थिए ।