सत्तारुढ गठबन्धन संकटतर्फ धकेलियो : सांसद सूर्य थापा

अनिल खत्री

२०८० कार्तिक १ गते, बुधबार २०:४१ मा प्रकाशित

 

१ कात्तिक, गुल्मी । नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा सांसद सूर्य थापाले सत्तारुढ गठबन्धन कोशी प्रदेशबाट संकटतर्फ धकेलिएको बताएका छन् । बुधबार नेकपा एमाले जिल्ला कमिटी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउन नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर विश्वासको मत दिएको बताए ।

‘सत्तागठबन्धनको एउटा टायर पन्चर भएको छ, बाँकी हुँदै जान्छन’ थापाले भने,“अहिलेको गठबन्धनले दशैं तिहारमात्रै मनाउँछन्, बाँकी भन्न सक्ने अवस्था छैन् ।” थापाले केन्द्रमा एमालेले भोगेको नियती प्रदेशमा भोग्न नपर्ने र कोशी प्रदेशमा एमाले सहितको सरकार विस्तार भएको स्पष्ट पारे ।

देशको नेत्रित्व पाएको गठबन्धन सरकारले बजारमा मंहगी, कालोबजारी, विकास निर्माण थप्प, चिनीको हाकार लगायतका समस्याले जनताको ढाड सेकिरहेको उनले बताए । यो सरकारले नागरिकको हितमा काम गर्न असक्षम भएकाले अब जति बस्यो त्यो देशकै लागि बोझ बताएको बताए ।

उनले जति सक्यो छिटो सरकारले हात झिके देशले निकास पाउने बताए । सत्ता संचालनको नेतृत्वमा पुगेको गठबन्धन सरकारले नागरिकको हक हित विपरीत काम गरिरहेको आरोप लगाए ।

वर्तमान संकटको समाधान यो सरकारबाट नहुने भएकाले नागरिकले आवाज उठाउन थालिसको उनले बताए । प्रतिनिधि सभा सदस्य समेत रहेका थापा नेकपा एमाले गुल्मी जिल्ला इन्चार्ज हुन् ।