दशैंको महानवमी गुल्मीका शक्ती पिठमा भक्तजनको बाक्लो उपस्थिती 

अनिल खत्री

२०८० कार्तिक ६ गते, सोमबार १५:४६ मा प्रकाशित

 

६ कात्तिक, गुल्मी । बडादशैंको नवौं दिन आज विभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अबसरमा गुल्मी जिल्लाका विभिन्न देवालयमा पूजाआज तथा बिभिन्न मेडाहरुको बली दिएर मनाएका छन् ।

महानवमीको अवसरमा गुल्मी स्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, चोयगा, शान्तिपुर, अर्जुन भगवती मन्दीर, तम्घास मन्दिर लगायतका स्थानका मन्दिरहरुमा पूजागर्नेहरुको ठूलो भिड लाग्ने गर्दछ । जुन मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि रहेको छ ।

महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । देवतालाई बली दिएर मनको आकांक्ष पुरा हुने बिश्वासमा बली दिने गर्दछन् ।

कतिपय साहाकारीले कुबिन्नो, काक्रा, मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बली दिएसँगै देवता खुसी हुने र आफुले मनले आटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ ।

परिवारको खुसशान्तीको कामनामा बली दिने गर्दछन् । जिल्लाका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा वली दिनेहरु मन्दिर पुगेका थिए ।

काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु यतिबेला चहलपहल हुन्छन् । बडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढने गर्दछ ।

तर यसवर्ष अघिल्ला वर्षहरुमा जस्तो मानिसहरुको उपस्थित भने कमै देखियो । बढदो बसाइँसराइ कारणले गाउँ रिक्तिदै जान थालेका कारणले पनि मानिसहरु घटदै जान थालेको सिमीचौर निवासी मनिराम पाण्डेले बताए ।

युवा जति बिदेश र गाउँमा बृद्धहरु मात्रै भएकाले पनि अघिल्लो वर्षको तुलनामा मानिसहरु मन्दिरमा उपस्थिति कमहुँदै गएको रेसुङ्गा २ निवासी चुराबहादुर थापाले बताए । हिन्दुहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने बिजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाईन्छ ।

दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म सराय नाच देखाउने गरिन्छ ।

तरवार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ । गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ ।

पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ । तर पछिल्लो समय युवाहरु बिदेश पलायन र गाउँमा कमै मानिसहरुको बसाइँका कारणले सराए नाँच पनि संकटमा पर्दै जान थालेको छ ।