बाबुको सम्झनामा छोराहरुद्वारा बृद्धबृद्धालाई सम्मान

admin

२०८० कार्तिक ११ गते, शनिबार २०:५७ मा प्रकाशित

 

गुल्मी, कात्तिक ११ । आफ्ना स्वर्गीय बाबुको सम्झनामा छोराहरुद्वारा गुल्मीमा बृद्धबृद्धालाई सम्मान गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी स्वर्गीय बास बहादुर जिसीको सम्झनामा छोराहरु डाक्टर विष्णु बहादुर जिसी, नेपाली सेनाका सहायक रथी कृष्ण बहादुर जिसी र दान बहादुर जिसीको आयोजनामा बृद्धबृद्धा सम्मान गरिएको हो ।

जिसी परिवारले धुर्कोट गाउँपालिका अन्र्तगतका ८० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई पालिकामा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्नु भएको हो । गाउँपालिकाको सभाहलमा गाउँपालिका भित्रका ७० भन्दा बढी बृद्धबृद्धालाई खादा सहित सम्मान पत्र प्रदान गर्नुका साथै फलफूल वितरण समेत गरिएको थियो ।

सोही कार्यक्रमकै अवसरमा स्वर्गीय बास बहादुर जिसीको सम्झनामा लिखित ‘संस्मरण सङ्गालो’ नामक पुस्तक गाउँपालिका तथा विभिन्न विद्यालयहरुलाई हस्तान्तरण गरिएको थियो । उक्त पुस्तक गत असोज २८ गते काडमाडौको सभागृहमा साहित्यकारहरु शशी पन्थी र ंसूर्य हादुर सेनले बिमोचन गरेका गर्नु भएको थियो ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जिसी परिवारले बृद्धबृद्धालाई गरेको सम्मानले उहाँहरुमा थप प्रेरणा र हौसला थपिएको बताउनु भयो । अध्यक्ष पोख्रेलले धन भन्दा पनि मन ठूलो बनाएर गरिने यस्ता प्रकारका सामाजिक कार्यले अन्य दिनमा पनि सबैलाई प्रेरित गर्ने बताउनु भयो ।