प्रतिभा पलायन (ब्रेन ड्रेन) कसरी रोक्ने ? : निशेष श्रेष्ठ

admin

२०८० मंसिर १३ गते, बुधबार २०:३४ मा प्रकाशित

प्रतिभा पलायन (ब्रेन ड्रेन) कस

सामान्य भाषामा प्रतिभा पलायन (ब्रेन ड्रेन) भनेका ेशिक्षित तथा प्रतिभाशाली व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा रोजगारी, उच्चशिक्षा,राजनीतिक अस्थिरता, स्वास्थ्य तथा अन्य विविध कारणले गर्दा हुने पलायनलाई भनिन्छ । नेपाल जस्तो विकास उन्मुख देशमा प्रतिभा पलायन नौलो होइन्र हाम्रै आसपासका दाजुभाइ, दिदीबहिनी र आफन्तहरु अमेरिका देखि खाडी मुलुकमा आफ्नो प्रतिभा÷श्रम बेचेर आफ्नो घर परिवार चलाइरहेको जगजाहेर नै छ्र नेपालमा शिक्षित र प्रतिभाशाली यूवाहरु मात्र नभएर मध्यम र निम्न स्तरका श्रमिकहरु पनि रोजगारी र जीविकोपार्जनका लागि पलायन भएका छन् । जस्त ैरेसुंगा इकोसेल ब्लक उद्योगमा ३ दक्ष र ६ अदक्ष गरी ९ जना कामदारहरु थिए । २ वर्ष देखि काम गरिरहेका ३ जना कामदारहरु एकाएक विदेश जाने भनेर काम छोडेर गए ्र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा बढी नै तलव कमाइरहेका तिनीहरुलाई मैले प्रश्न गरे किन यस्तो गरेको ? उनीहरुको जवाफ मिस्रित थियो । एक जनालाई पहिलाको ऋणले गर्दा घर धान्न मुस्किल भएको, अर्कोलाई दिएको तलव कम भएको र तेस्रोलाई आफ्ना वरिपरीका छिमेकीहरु विदेश गइ मनग्य आम्दानी गरिरहेको त्यसैले जान खोजेको भनी जवाफ आयो । हालचाल पनि म संगै केहि वर्ष देखि काम गरिरहेको एक जना लेखापाल -accountant_जापान जाने भनि काम छोडेर हिड्ने तरखरमा छन् । तिनको जवाफ पनि यो देशमा केही नहुने र साथीहरु विदेश गएर धेरै प्रगति गरेको र आफु कतै पछाडी पर्ने हो कि भन्ने डर थियो । यसरी बढ्दो पलायनले हाम्रो स्थानीय अर्थतन्त्र, धर्म संस्कृति र जनसांख्यिकीय बनावट नै बिगारेको छ । यस किसिमको पलायनले हाम्रा गाउँघर रित्तिएका छन् । हाम्रै गाउमा मलामी जान पुरुषको अभावले गर्दा रेसुंगा इकोसेल ब्लक उद्योग यहिँ साल २ पटक बन्द गर्नु पर्यो । यसरी पलायन बढ्नाले गाउको अर्थतन्त्र धरासाही हुदै जाने र गाउघरहरु बृद्धआश्रममा परिणत हुने खतरा झनझन बढ्दो छ ।

 

बढ्दो प्रतिभा पलायन नियन्त्रण गर्नका लागि सरकार र समाजले ठुलो भूमिका खेल्नुपर्ने देखिन्छ । यस लेख मार्फत हामी सबै मिलेर के गर्न सकिन्छ भन्ने केहि बुदाहरुमा प्रकाश पार्ने कोसिस गर्नेछु । नेपालको प्रतिभा पलायन हुनुमा उचित श्रम सम्मान नहुनु एक प्रमुख कारण हो । नेपालमा श्रम सम्मानमा जातीय र वर्गीय असमानता देखिन्छ । मेरो बिचारमा बेलायत भ्रमण पछि जंगबहादुर राणाद्वारा ल्याइएको नेपालको पहिलो मुलुकी ऐन १९१० ले नेपालमा श्रमलाई अवहेलना गर्ने बाटो खोलेको हो । विभिन्न किसिमको काम गर्ने विभिन्न जातजातिलाई जात र कामको आधारमा छुटाएर उपल्लो र तल्लो जात बनाएर नेपाली समाजलाई वर्गिकरण गरी “फुटाउ र राज गर” भन्ने सिद्धान्त प्रयोग गरियो्र यसको फलस्वरुप अझै पनि नेपालमा छुवाछुत जस्तो सामाजिक विकृति चलनमा छ ।

 

हाम्रो समाजमा ठुलो र सानो काम भनि अप्रत्यक्ष बर्गिकरण गरिएको छ्र जस्तै कि हाम्रै अभिभावकहरु, शिक्षकहरु र समाजले पनि बाल बालिकाहरुलाई धेरै पढेर ठूलो मानिस बन्नु नत्र किसान, भरिया या यस्तै निम्न स्तरको कामदार बनिन्छ भनि आसिस दिएको पाइन्छ । यसरी हाम्रो समाजमा श्रमलाई अवहेलना गर्ने परिवेसले गर्दा प्रतिभा पलायन बढेको छ । छोराछोरी बराबरी भने जस्तो श्रम पनि बराबर हो भन्ने सन्देश हामीले दिन सक्नुपर्छ । समाजमा रहेका विभिन्न किसिमका श्रमिकलाई उचित सम्मान दिनाले गाउ मै भएका प्रतिभा गाउ मै राख्न सकिन्छ । नेपाली शिक्षा प्रणाली व्यवहारिक नहुनुले पनि केहि हदसम्म प्रतिभा पलायनमा सघाएको छ्र एउटा माछा, एउटा बादर र एउटा हात्तीलाई को छिट्टो रुख चडछ भन्दा बादर नै पहिलो हुन्छ, हो यस्तै बनेको छ हाम्रो शिक्षा प्रणाली विद्यार्थीहरुको प्रतिभा, सम्भावियता र चाहना नबुझी हाम्रो समाज विद्यार्थीहरुलाई प्रथम बनाउने होड बाजीमा लागेको जस्तो भान हुन्छ । वर्ष भरि लिएको ज्ञान ३ घण्टामा कागजमा उतार्न लगाउनु कतिको जायज हो यसको बारेमा सोच्ने बेला आएको छ । हाम्रो शिक्षा प्रणाली समय अनुसार अपडेट र व्यवहारिक नभएको जन गुनासो आइरहेको छ ।

 

शिक्षा सर्वशुलभ र समान बनाउन सरकारको ध्यान जान जरुरी छ्र हाम्रो शिक्षा प्रणाली स्थानीय परिवेस अनुसार स्रोतसाधनको पहिचान, स्थानीय उत्पादनको ज्ञान तथा विभिन्न किसिमको तालिमहरु प्रदान गर्ने गरी परिवर्तन गर्न जरुरी छ । जापानमा जस्तै नेपाली विद्यार्थीहरुलाई निम्न तह देखि नै व्यवहारिक र गुणात्मक शिक्षा प्रदान गर्ने प्रणाली विकास गर्न जरुरी छ । आफ्नो काम आफै गर्ने, श्रमको सम्मान सिकाउने र उच्च शिक्षा हासिल गर्दा इन्टरनशिप, भोकेस्नल तालिम जस्ता कार्यक्रम पनि शिक्षा प्रणालीमा ल्याउन जरुरी छ । विद्यार्थीहरुका लागि पेसागत परामर्स, मनोबैज्ञानिक परामर्स तथा खेलकुदका माध्यमबाट हुने शाररिक तथा मानसिक विकासमा जोड दिन जरुरी छ । यसैगरी परिक्षा प्रणालीमा काठमाडौँ विश्वविद्यालयमा जस्तै भारित औसद -weighted average evaluation_ प्रणाली अपनाउन जरुरी देखिन्छ । राम्रो शिक्षा प्रणालीले राम्रा प्रशिक्षक र शिक्षकहरुको उत्पादन तथा सभ्य समाजको निर्माण गर्न मद्दत गर्छ यसरी हामीले प्रतिभा पलायन नियन्त्रण गर्न सकिन्छ ।

 

प्रतिभा पलायन रोक्न स्थानीय र केन्द्र सरकारको भूमिका अत्यन्त जरुरी छ । सबैलाई समान शिक्षा, अवसर र रोजगारी सृजना गर्नुपर्ने स्थानीय र केन्द्रीय सरकारको दायित्व हो । तर नातावाद, कृपावाद र पहुच कै भरमा सरकारी संयन्त्रलाई प्रभावमा पारी सरकारी स्रोतसाधन सिमित ब्यापारीहरु, पार्टीका कार्यकर्ताहरु र राजनीतिज्ञहरुको हातमा पुगेको छ । सरकारको अनुदानका नीतिहरु पनि बालुवामा पानी खनाए सरी नै भएका छन् ।

 

स्थानीय सरकार देखि केन्द्र सरकारका नीति वितरणमुखी मात्र देखिन्छ्र जस्तै कि हाम्रै अधिकांस स्थानीय तहहरु चालक प्रशिक्षण, कौसी खेती तथा अरु अनुत्पादन क्षेत्रमा बजेट खर्च गर्ने गरेको पाइन्छ । धेरैले यो कुराको बिरोध गर्नुहोला तर अहिले सम्म कौसी खेति देखि चालक प्रशिक्षण जस्ता कार्यक्रमले कतिको रोजगारी सृजना गरेको छ त ? यसका नमुना औलामा गन्न सक्ने अवस्थामा छ्र कृषिमा पनि धेरै अनियमितता भएको हामीले सुनिरहेको नै छौ । लगानीको कमीले गर्दा अनुदान चाहिएका असली किसान, उद्यमी तथा ब्यवसायीहरुलाई पछाडी परेका छन् र पलायन हुन बाध्य भएका छन् । त्यसको अतिरिक्त भ्रस्टाचार र राजनैतिक अस्थिरताले आगोमा घिउ थप्ने काम गरिरहेको छ ।

 

यस्ता समस्या समाधान गर्नका लागि स्थानीय स्तर मैअनेकौ योजना तथा नीतिहरु ल्याउन सकिन्छ । आफ्नो स्रोतसाधनको प्रयोग गरी स्थानीय स्तरमा उद्योग, व्यवसाय र रोजगारदाताहरुलाई उचित अनुदानको व्यवस्था गर्न सकिन्छ । सरकारी संयत्र प्रयोग गरी चाहिने सिपमुलक तालिम देखि बजारीकरण सम्म सक्दो सहयोग गर्न सकिन्छ ।

 

स्थानीय युवाका लागि परामर्स केन्द्र, खेलकुद केन्द्र, अनुसन्धान केन्द्र, इन्क्युवेसन कार्यक्रम तथा विभिन्न सिपमुलक तालिम गराउने केन्द्रहरु स्थापना गर्न सकिन्छ । यसरी स्थानीय प्रतिभाहरुको पहिचान गरी त्यसको संरक्षण गर्ने हो भने प्रतिभा पलायन धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । पार्टीहरुले पनि युवाहरुलाई राजनीतिक महत्वकांक्षाको पूरा गर्ने माध्यम मात्र सोचेर हुदैन । अहिलेको राजनीतिक दलहरु पनि संयमित भइ प्रतिभा पलायनको गम्भीरतालाई बुझ्न जरुरी छ ।

 

अन्त्यमा हाम्रो नेपाली समाजमा चलिरहेको “नेपालमा केहि हुदैन”, “यहाँ गरेर पनि केहि हुदैन किन गर्न पर्यो र ?” जस्ता नकारात्मक भाष्यलाई चुनौती दिदै यसको विरुद्धमा सिंगो समाज नै लाग्न पर्ने देखिन्छ ।

 

केहि दिन अगाडीएक जना दाई जो यहि होटेल ब्यवसायमा कुक हुनुहुन्छ भेट हुनुभयो । मासिक सत्र हजार तलव कमाई भएको र १ सय मुरी धान उत्पादन हुने पुर्खेउली खेतहरु हुँदाहुदैपनि सबै खेतहरु बाझो छोडी ओमन जाने तरखरमा हुनु हुन्थ्यो । वहाको एउटै कुरा थियो खेती गर्न दुख छ, तलवले पुगेन त्यसैले जान लागेको भन्नुभयो । मैले प्रश्न गरे बाबुबाजे देखि हुने तर अहिले आएर नहुने किन ? हो अब समाजको श्रम प्रतिको व्यवहार परिवर्तन गर्ने समय आएको छ । हामी आफै पनि स्थानीय उत्पादनमा जोड दिदै, यसको बजारीकरणमा आफ्नो स्तरबाट सक्दो सहयोग गर्नुपर्छ्र पाइला टेक्दै गरेका अनेकौ स्थानीय उत्पादन तथा सेवाहरु बिदेशी उत्पादनको गुणस्तर त नहोला तर उत्पादित स्थानीय सामाग्री खपत भए समय अनुसार गुणस्तर बढ्ने तथा भविस्यमा बिदेशी सामानसंग प्रतिस्पर्धा गर्न सक्ने हुन्छन्र यसको ज्वलन्त उदाहरण वाईवाई चाउचाउलाई लिन सकिन्छ । प्रतिभा पलायन रोक्नु सरकारको मात्र नभई सिंगो नेपाली समाजको पनि दायित्व हो्र विदेश जान लाग्ने लगानी यहि माटोमा लगाएर रोजगारी सृजना गर्न सकिन्छ । गरे यहिँ माटोमा सुन फलाउन सकिन्छ ।।–

 

लेखकः निशेष श्रेष्ठ ( युवा उधमी तथा ब्यवसायी हुन् )