८ बैशाख २०८२, सोमबार
राष्ट्रिय सभा सदस्य पदमा गुल्मीकी बिष्णुकुमारी सापकोटा निर्वाचित

गुल्मी । राष्ट्रिय सभा सदस्य पदमा गुल्मीकी बिष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ। उहां सत्तारूढ गठबन्धनकाे तर्फदेखि लुम्बिनी प्रदेशबाट उम्मेदवार हुनुहुन्थ्यो ।
सापकोटाले ५४३५ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित हुनु भएको हो। उहाका निकटतम प्रतिस्पर्धी तुलसा केसीले २८६७ मतभार प्राप्त गर्नुभयो।
सापकोटा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य हुनुहुन्छ । लामो समयदेखि गुल्मीकाे राजनीतिमा क्रियाशील नेता सापकोटा नेपाली काँग्रेस गुल्मीकी पुर्व सचिव समेत हुनुहुन्छ ।
रेसुङ्गा न्यूज को तर्फ बाट उहालाई बधाई तथा सफल कार्यकालको शुभकामना।