८ बैशाख २०८२, सोमबार
आगजनी गर्ने अपराधी पत्ता लगाउन तिनै तहका सरकार लागौं : नगरप्रमुख पन्थी

अपराधीक मानसिकताको दुष्चक्रमा दनदनी रेसुंगा
गुल्मी – गुल्मीमा आगलागीका घटना बढेका छन् । जिल्लाका अधिकांश जंगलका भुभागमा आगलागीका घटनाले नागरिकहरूमा त्रासदी छाएको छ । एकातर्फ जनधनको क्षति भइरहेको छ । भने अर्कातर्फ करोडौंको क्षति भइरहेको छ ।
विपद्जन्य घटना प्राकृतिक र मानव सिर्जित दुई ढंगबाट हुने गर्दछ । तर अहिले भइरहेको आगलागीजन्य विपद भने मानवसिर्जित भएको रेसुंगा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनुभएको छ।
अपराधीक मानसिकता बाेकेका व्यक्तिबाट बनमा डढेलो लगाउने जस्तो अत्यन्त ठुलो कुकर्मको कार्यले जिल्लाले ठूलो मूल्य चुकाउनु परिरहेको पन्थीको भनाइ छ ।
आज सिङ्गो देश आगोले जलिरहेको छ । आज मेरो जिल्ला दन्दनि बलिरहेको छ ।
यस्तो कुकर्म गर्नेहरू, जघन्य अपराध गर्नेहरूलाई सम्बन्धित निकायहरूलाई कानुन संशोधन गरेर भए पनि आजीवन काराबासको गर्न माग समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ´ जिल्ला दनदनी जलिरहेको छ । एउटा गरिबले जीवनभर सङघर्ष गरेर सानो झुपडी बनाएर बसेको छ । त्यहि घर आज ध्वस्त भएको छ ।`
यस्तो कुकार्यले मानवीय समवेदनाको अवसान भएको नगरप्रमुख पन्थीको भनाइ छ। उहाँले सबै सरकार मिलेर अपराधीलाई पत्ता लगाउन र अनुसन्धानको दायरामा ल्याउन सहयोग पुर्याउन पनि आग्रह गर्नुभएको छ ।
यस्तो कुकर्ममा सहभागीलाई हदैसम्मको कार्वाहीका लागि निर्मतापूर्वक लाग्ने बताउनुभएको छ ।
एकातर्फ जलवायु परिवर्तनको मार खेपिरहेका बेला पानी नपरी खडेरी परिरहेका बेला आगलागीले अर्को विपत्ति निम्ताएको छ ।
त्यसो त नगरप्रमुख सहितको टिम रेसुंगाको प्रचारप्रसारको लागि काठमाडौंमा रहेको छ ।
रेसुंगामा आगलागी भएको समयमा काठमाडौमा कार्यक्रम आयोजना गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी चले पनि यो कार्यक्रम भने नगरपालिकाको पूर्वनिर्धारित कार्यक्रम रहेको नगरप्रमुख पन्थीको भनाइ छ ।
नगरपालिकाले सञ्चालन गरेको जाँउ हिड रेसुंगा अभियानकै क्रममा दिनहुँजसो रेसुंगाधामको फरक फरक स्थानबाट आगजनीका घटना हुनुले शंसय पैदा गरेको छ ।