रेडक्रस बडागाउँ उपशाखाबाट इस्मा र मुसिकोटका अग्नि पीडितलाई सहयोग 

admin

२०८१ बैशाख २१ गते, शुक्रबार १५:१३ मा प्रकाशित

अनिल खत्री

२१ वैशाख, गुल्मी । नेपाल रेड्क्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मी बाट इस्मागाउँपालिकाका र मुसिकोट नगरपालिका का अग्नि पीडितहरुकोलागी राहत प्रदान गरेका छन् । उपशाखाबाट इस्मा र मुसिकोटका अग्नि पीडितलाई ४० हजार नगद सहयोग गरेका हुन् ।

सहयोग रकम मुसिकोट नगरपािलका उपप्रमुख गंगा श्रेष्ठ र इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरलाई रेडक्रस बडागाउँ उपशाखा सभापति मदन घिमिरे सचीव बोम छन्तेल कोशाध्यक्ष यम बहादुर घिमिरे स सचिव महेन्द्र घिमिरेले पालिकामै पुगेर प्रति पालिका २० हजारका दरले नगद प्रदान गरेका हुन् ।

आगोलागीका कारणले बढी क्षति पुगेका स्थानीय तहमा पीडितहरुको आवास निर्माणकार्यका लागि सहयोग स्वरुप नगद सहयोग गरिएको रेडक्रस बडागाउँ उपशाखा सचिव महेन्द्र घिमिरे बताए । जिल्लामा वैशाख महिना शुरु भएपछि आगोलागीका घटना दैनिक बृद्धि भएका छन् । जिल्लामा ८० वटा सामुदायिक वनमा आगोलागी हुँदा करिब १५० घर गोठ जलेर नष्ट भएका छन् ।

सयौं नागरिक घरबार बिहिन भएका छन् । आगोलागीका कारणले १०० बढी पशुचौपाया जलेर नष्ट भएका छन् ।

अहिले आगोलागी प्रभावित क्षेत्रमा राहत, उद्दारको काम स्थानीय सरकार र विभिन्न संघ संस्थाले गरेका छन् । जिल्लामा पछिल्लो समयआगो लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेका छन् ।

जिल्लाका रेसुङ्गा, धुर्कोटबाट आगोलगाएको आरोपमा ३ जनालाइ पक्राउ गरेर प्रहरीले सार्वजनिक समेत गरेको छ । उनिहरुलाइ वन ऐन अनुसारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रहरीले आगो लगाएको आरोपमा अरू थप २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आगोलागीका घटना बढ्दै जानू र लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेसँगै प्रहरीले सक्रियता बढाएको छ ।