महेन्द्रका विद्यार्थीद्वारा खाना महोत्सवको आयोजना

admin

२०८१ पुष २६ गते, शुक्रबार २०:५९ मा प्रकाशित

गुल्मी २६ पुस । गुल्मीमा विद्यार्थीले अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सवको आयोजना गरेका छन । जिल्लाको सदरमुकाम तम्घास स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार खाना महोत्सवको आयोजना गरेका हुन । स्थानीय रैथानले खानेकुरालाई प्रवद्र्धन गर्दै विद्यार्थीहरुको क्षमता बढाउने उद्देश्यले खाना महोत्सव कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताउनु भयो ।

विद्यार्थीहरूले विद्यालयमा पहिलो पटक खाना महोत्सव कार्यक्रमको माग गरेपछि अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रवार महोत्सवको आयोजना गरिएको विद्यालयले जनाएको छ । समुदायमा हुने स्थानीय खानेकुराका बारेमा विद्यार्थीलाई जानकारी दिँदै विद्यार्थीमा रहेको अन्र्तनिहित प्रतिभालाई उजागर गर्न महोत्सवले टेवा पुग्ने बताईएको छ ।

महोत्सवमा विद्यार्थीहरुद्वारा विभिन्न रैथाने परिकारहरु बनाएर बिक्रि गरेका थिए । विद्यार्थीहरुले बनाएको परिकारहरु खानका लागि विद्यार्थी एवं अभिभावकदेखि अतिथिहरुको भीड लागेको थियो । विद्यार्थीहरुले पनि मिठो मिठो परिकार बनाई आफुहरुले बनाएका परिकारहरुको स्वाद चखाउन पाएकोमा दंग परेका थिए । विद्यालयको वार्षिक कार्य योजना अनुसार विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्र्तगत शैक्षिक, खेलकुद र सांस्कृतिक कार्यक्रमहरु पनि गरिदै आएको छ ।