२७ माघ २०८१, आईतवार
गुल्मीमा शताब्दी पुरुष पन्थीको १०४ वर्षको उमेरमा निधन

जनार्दन घिमिरे
गुल्मी, २७ पुस । गुल्मीमा शताब्दी पुरुष पर्शुराम पन्थीको १०४ वर्षको उमेरमा निधन भएको छ । रेसुङ्गा नरपालिका –९ स्थीत उपल्लो तम्घास निवासी कान्छा पण्डीतको नामले परिचित उहाँको शुक्रबार राती निधन भएको हो ।
लामो सयमदेखि रेसुङ्गाको संस्कृति, संरक्षण र आध्यात्मीकताको क्षेत्रमा काम गर्दै आउनु भएका उहाँ शुक्रबार राती अचानक निधन भएको हो । भारताको बनारसबाट मध्यमासम्म अध्ययन गर्नु भएका पन्थीले एक हजार भन्दा बढी ठाउमा पुराण र सप्ताह गर्नु भएको बताईएको छ । उहाँले मोहन शम्सेर र जुद्ध शम्सेरको घरमा समेत पुगेर सप्ताह गर्नु भएको जानकारहरु बताउनुहुन्छ ।
पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोईराला र गणेशमा सिंह भ्रमणको शिलसिलामा गुल्मी आउँदा तम्घास स्थीत उहाँकै घरमा बस्नु भएको थियो । रेसुङ्गामा तपस्या गरेर बस्नु भएका स्वामी यदुकानन्दको देहवसानपछि पन्थीकै नेतृत्वमा लामो समयसम्म रेसुङ्गामा दैनीक पुजाआजा हुने गर्दथ्यो ।
रेसुङ्गाको नाममा गुठी धेरै भएको र उक्त गुठी अर्घाखाँचीमा रहेको हुँदा स्थानीयले आफ्नो नाममा भोगचलन गर्न थालेपछि उहाँले गुठीको संरक्षणका लागि मुद्दा लडेर उक्त गुठी फिर्ता गराउन महत्वपुर्ण भुमिका खेल्नु भएको थियो । मध्यम परिवार, सरल खानपिन, सादगी जीवन शैली र ध्यान साधनामा लाग्नु भएका उहाँ अन्तिम समयसम्म पनि स्वस्थ हुनुहुन्थ्यो । शुक्रबार राती खना खाएर परिवारसँग कुरा गर्दागर्दैैको अबस्थामा उहाँको निधन भएको उहाँका नाती शुदर्सन खनालले जानकारी दिनुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदश्य एवं गुल्मी क्षेत्र नं १ का सांसद डा.चन्द्र भण्डारीले उहाँको निधनले आफुलाई स्तब्ध र मर्माहत बनाएको बताउनु भएको छ । सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गर्दै भण्डारीले उहाँले नेपाली समाज, संस्कृति र धार्मिक क्षेत्रलाई दिएको योगदान र ज्ञानको सदैब स्मरणीय रहने भन्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।
बुवा हरिलाल पन्थीका पाँच भाइ छोरा र चार छोरीहरु मध्य उहाँ कान्छा छोरा हुनुहुन्थ्यो । उहाँको पार्थिव शरिरमा प्रदेश सभा सदस्य डिल्लीराज भुसाल, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायत जिल्ला स्थीत विभिन्न राजनीतिक दल एवं संघ सस्थाका व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उहाँको हिन्दु बैदिक परम्परा अनुसार सनिबार रिडीमा अन्त्यष्टी गरिएको छ ।