२७ माघ २०८१, आईतवार
गुल्मीमा भूमी आयोगका नवनियुक्त अध्यक्ष सुनारद्वारा पदभार ग्रहण

गुल्मी, ६ माघ । गुल्मीमा राष्ट्रिय भुूमी आयोगका नवनियुक्त जिल्ला अध्यक्ष कृष्ण सुनारले आईतबार पदभार ग्रहण गर्नु भएको छ । नवनियुक्त जिल्ला अध्यक्ष सुनारले सदरमुकाम तम्घासमा एक कार्यक्रमका बीच पदभार ग्रहण गर्दै जिल्लामा भूिमहीन सुकुम्वासीहरुका समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
पदभार ग्रहणपछि उहाँले जिल्लाभर रहेका भूिमहीन दलित, भूिमहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनु भयो । भूिमहीनका समस्या समाधानको राष्ट्रिय भूमी आयोगले सबैको साथ र सहयोग लिएर जिल्लामा देखिएका समस्या समाधान गर्ने उहाँले बताउनु भयो । त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको अध्यक्ष सुनारको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले नवनियुक्त अध्यक्ष सुनारलाई बधाई दिदैं वषौंदेखि भूिमहीन दलित, भूिमहीन सुकम्बासी र अव्यवस्थित बसोबासीको समस्या यथावत रहेको भन्दै त्यसको समाधान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको अबस्थामा आयोगले भूमी सम्बन्धी समस्या समाधानका लागि परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनु भएको थियो ।
पदस्थापन कार्यक्रममा नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले अहिलेको अबस्थामा आयोगले वास्ताबिक भूमिहीनहरुको समस्याको पहिचाहन गरि सबैको सल्लाह र सुझाव लिएर काम गर्नुपर्ने बताउनु भयोे । उहाँले भुमिको समस्या कुनै राजनितिक दलको समस्या नभई सबैको साझा समस्या भएको बताउनु भएको थियो ।
जिल्लामा यस अघि भूमी आयोगले करिव २ हजार ६ सय भूमिहीन दलित, भूमिहीन सुकम्बासी र अव्यवस्थित बसोबासीहरूले जग्गा प्राप्तीका लागि आवश्यक बिवरण समेत सङकलन गरिसकेको छ । आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा केही पालिकाहरुमा लालपूर्जा बितरण कार्य शुरु गरेको थियो ।
सरकारको परिवर्तनसँगै मन्त्रिपरिषद् बैठकले भूमी आयोग खारेज गरेपछि जिल्लामा स्थानीय तहहरुबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने, प्रमाणीकरण गर्ने लगायतका कामहरु रोकिएको थियो । गुल्मीमा राष्ट्रिय भुूमी आयोगको जिल्ला अध्यक्षको पदस्थापन भएपनि अन्य सदस्यहरुको भने आधिकारीक रुपमा अझै टुङ्गो लागि नसकेको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।