३ असार २०८२, मंगलवार
पौडेलको “ब्लफर्स डायरी” बजारमा

रेसुङ्गा समाचारदाता
गुल्मी ५ जेठ । बाग्लुङ जिल्लाको बडिगाड गाउपालिका –२ मा जन्मेका दिलिप पौडेले आफ्नो नयाँ कथा सङ्ग्रह “ब्लफर्स डायरी” हालै बजारमा आएको छ । उनको कथासङ्ग्रह बिमोचनपछि भर्खरै मात्र बजारमा आएको हो । काठमाण्डौको पुतलीसडक स्थीत ग्रिन्लिफ फुडल्याण्डमा पुस्तकको विमोचन गरिएको थियो ।
हाल क्यानाडामा बसोबास गर्दै आउनु भएका पौडेलले त्रिभुवन विश्वबिद्यालयबाट ँअँग्रेजी बिषयमा स्नातकोत्तर गरि एक दशकभन्दा बढी अँग्रेजी साहित्य अध्यापनको अनुभव पनि बटुलीसक्नु भएको छ । उहाँ हाल क्यानाडाको टोरोन्टोस्थित एक गैह्रसरकारी संस्थामा थेरापिस्टको रुपमा काम गर्दै आउनु भएको छ ।
“ब्लफर्स डायरी” पौडेलको पहिलो कथा कृति हो । यसमा देश परदेशको परिवेशका १८ वटा कथाहरु समावेश छन । उक्त कृति बरिष्ट समालोचक राजकुमार बानियाँ, लेखक बिक्रमभक्त जोशी, समाजसेवी कृष्ण केसी लगायतका व्यक्तिहरुले एक कार्यक्रका बीच संयुक्त रुपमा बिमोचन गर्नुभएको हो । पुस्तकमाथि समिक्षा गर्दै लेखक बिक्रमभक्त जोशीले “ब्लफर्स डायरी” मा सङ्ग्रहित कथाहरुले बिदेशी बर्गर र नेपाली सेलरोटीको स्वाद सँगसँगै पस्किन सफल बनेको बताउनु भएको थियो ।
उक्त कृतिमाथि समिक्षा गर्दै राजकुमार बानियाले कथाहरुमा अत्यन्त बिबिदता पाईनुका साथै पाठकलाई अन्तिमसम्म उत्सुकता र कौतुहलता प्रदान गर्ने क्षमता रहेको उल्लेख गर्नु भयो । “पौडेलका कथाहरुले सामाजिक बेथिती, आप्रवाशी मनोदशा, कोरोनाको महामारीले निम्त्याएको बित्यास, प्रेम र बैवाहिक मनोदशाको सुन्दर चित्रण गरेको छ,” बानियाले भन्नुभयो । विमोचन कार्यक्रममा बोल्दै कृष्ण केसीले पौडेलका कथाहरु पढ्न शुरु गरेपछि छोड्नै मन नलाग्ने भन्दै “ब्लफर्स डायरी” ले पाठकहरुको मन जित्न सफल हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
लेखक पौडेलले कोभिड महामारीको बेला प्राय कथा आफ्नो घर नजिकैको ब्लफर्स पार्कमा बसेर कोरेको हुनाले उक्त कथा सङ्ग्रहको नाम पनि “ब्लफर्स डायरी” राखेको जानकारी गराउनु भयो । ४९५ मुल्य रहेको सो कथासङ्ग्रहको सम्पादन राजकुमार बाँनियाले गर्नु भएको थियो भने प्रकाशन शिखा बुक्सले गरेको छ ।