गुल्मीको रूरूक्षेत्रमा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिने

admin

२०८२ जेष्ठ १६ गते, बिहीबार ०५:४३ मा प्रकाशित

रेसुङ्गा समाचारदाता

गुल्मी, १५ जेठ । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकामो १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । गुल्मी जिल्ला खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गरि यही जेठ १८ गतेदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी गराएको छ ।

गुल्मी जिल्ला खेलकुद विकास समिति र रूरूक्षेत्र गाउँपालिकाको संयुक्त आयोजनामा यही जेठ १८, १९ र २० गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुनेभएको छ । प्रतियोगीताको लागि १२ स्थानीय तहबाट एक हजार भन्दा बढी छात्र–छात्राहरूले सहभागिता जनाउने बताईएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले प्रतियोगिता मार्फत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने बताउनु भएको थियो ।

रूरूक्षेत्र गाउँपालिकाका अध्यक्षले यदु ज्ञवालीले प्रतियोगिता मार्फत स्थानीय तहमा खेलकुदको विकास र प्रतिभावान खेलाडीको पहिचानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नु भएको छ । साथै, प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै उहाँले प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

प्रतियोगितामा छात्र–छात्रा भलिवल, छात्र–छात्रा कवड्डी, विभिन्न दुरीका छात्र–छात्रा एथ्लेटिक्स र मार्सल आर्ट अन्तरगत कराँते, तेक्वान्दो र पुम्से खेल संचालन गरिने आयोजक लुम्बिनी खेलकुद परिषद सदस्य महेश काउछाले जानकारी दिनुभयो ।

१५ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताका रुरुक्षेत्र गाउँपालिका–४ को घिउवेशीमा सञ्चालन हुने भएको हो । तिन दिनसम्म संचालन हुने उक्त प्रतियोगीतामा मुख्य चार बिधाका खेलहरु समावेश गरिने बताईएको छ । सदरमुकाम तम्घास स्थीत चिदिचौर खेल मैदानमा निर्माणको काम भइरहेकोले दोश्रो पटक सदरमुकाम भन्दा बाहिर घिउवेशीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्न लागिएकोे होे । प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।