२७ फाल्गुन २०८२, बुधबार
सार्वजनिक सुनुवाई मार्फत जनताका गुनासा सुन्दै रूरूक्षेत्र
गुल्मी, २१ असार ।रुरु क्षेत्र गाउँपालिकाको आयोजनमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्थानीयका ३ दर्जन बढी प्रश्नमा सवालजवाफ भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले गाउपालिकाले यो आर्थिक बर्ष भित्र सम्पादन भएगरेका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । उहाका अनुसार अहिलेसम्म ८० प्रतिशत चालू र ७६ प्रतिशत भौतिक प्रगति गाउँपालिकाले गरेको छ । अहिले भुक्तानीको काम भैरहेकाले प्रगति बढ्दै जाने पाण्डेले बताउनु भयो । गाउँपालिकामा सामाजिक संजालमा भाइरल बनेको स्मार्ट बोर्ड र शृङ्गेश्वर धाममा बिषयमा आलोचनात्म प्रश्नहरू उठेका थिए । उक्त प्रश्नहरूको बारेमा गाउॅपालिका अघ्यक्ष ज्ञवाली र प्रमुख प्रशासकिय अधिकृत पाण्डेले स्पष्ट पार्नु भएको थियो ।
त्यस्तै स्वास्थ, शिक्षा, कृषि, सडक तथा समयमै योजना निर्माण हुनुपर्ने बिषयमा सेवाग्राहीले प्रश्न गरेका थिए । प्रश्नको मुख्य जवाफदेही वक्ता गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिना देबि गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सबै वडाका वडा अध्यक्ष लगायतले प्रश्नको जवाफ दिएका दिनुभएको थियो । उक्त कार्यक्रमको पत्रकार महासघका पुर्व अध्यक्ष जनार्दन घिमिरे र टोपलाल अर्यालले सहजीकरण गर्नु भएको थियो ।


