गुल्मीमा ७०औं प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाई तथा रक्तदान कार्यक्रम सम्पन्न

admin

२०८२ आश्विन २९ गते, बुधबार ०९:१८ मा प्रकाशित

गुल्मी, तम्घास — नेपाल प्रहरीले आफ्नो ७०औं प्रहरी स्थापना दिवसको अवसरमा गुल्मीको तम्घासस्थित विभिन्न मन्दिरहरूमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ।

 

कार्यक्रमको नेतृत्व प्रहरी निरीक्षक भूपेन्द्र थापाले गरेका थिए। तम्घासस्थित संयुक्त मन्दिर परिसर लगायतका धार्मिक स्थलहरूमा बिहानैदेखि प्रहरीका जवान र स्थानीयको सक्रिय सहभागितामा सरसफाई अभियान चलाइएको थियो।

यस अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा प्रहरी जवानहरुले उत्साहपूर्वक रक्तदान गरेका थिए।

प्रहरी निरीक्षक थापाका अनुसार, प्रहरी दिवस केवल औपचारिक उत्सव नभई “समाजसेवा र नागरिक प्रतिको जिम्मेवारी पुनः स्मरण गराउने अवसर” भएको बताए।

स्थानीयहरूले प्रहरीको यस्तो सामाजिक तथा धार्मिक कार्यमा संलग्नताले समाजमा सकारात्मक सन्देश दिएको बताएका छन्।