गुल्मी कारागारका कैदीबन्दीहरुले लगाए भाइटीका

admin

२०८२ कार्तिक ७ गते, बिहीबार १६:२० मा प्रकाशित

गुल्मी, ६ कात्तिक । गुल्मी जिल्ला कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन । कारागारमा रहेका कैदीबन्दीहरूले पटकको तिहारमा पनि शुभ साईतमै आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको कारागार प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभएको छ ।

कैदीबन्दीहरुले दिदीबहिनीको हातबाट टीका लगाएपछि आफ्ना दिदीबहिनीहरुलाई गच्छे अनुसार दक्षिणा दिनुका साथै दिदीबहिनीहरुले पनि आआप्mना दाजुभाइलाई मिठा मिठा खानेकुरा र उपहारहरु प्रदान गर्नुभएको थियो । दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम र आत्मीयताको प्रतीक स्वरुप काररागार भित्र रहेर पनि आफ्नै दिदीको हातबाट टीका लगाउन पाउँदा निकै खुसि लागेको गुल्मी कारागारका चौकीदार हरि बहादुर थापाले बताउनुभयो ।

गुल्मी कारागारका कैदी बन्दीहरुले तिहारमा टीका लगाएपछि कारागार भित्र देउसी भैलो खेलेर एक आपसमा रामाईलो गरेर खुसि साटासाट गर्ने प्रचलन छ । कारागार प्रमुख पन्थीका अनुसार हाल गुल्मी जिल्ला कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दीहरु रहेका छन । गुल्मी कारगारमा हाल पुरुष एक सय दुइ, महिला पाँच र एक जना आश्रीत गरी कुल एक सय आठ जना कैदीबन्दीहरु रहेका छन ।

गुल्मी कारागारमा बैदीबन्दीहरुले फर्निचर उद्योग, बासका चेयाँबाट मुढा बुन्ने उद्योग र ढाका उद्योग सञ्चालन गर्नुका साथै तरकारी खेती गरेर आर्थिकोपार्जन गर्दै आईरहेका छन ।