१४ बैशाख २०८३, सोमबार
गुल्मी समाज यूकेमा पहिलोपटक महिला नेतृत्व
लन्डन – १४ वैशाख । गुल्मी जिल्ला समाज यूकेले पहिलो पटक महिला नेतृत्व पाएको छ। नवौं कार्यसमितिको अध्यक्षमा मञ्जु भण्डारी निर्विरोध निर्वाचित भएपछि भण्डारी पहिलो महिला अध्यक्ष बन्नु भएको हो ।
अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका मुकुन्द खराल र क्या. ताम ढेगाले उम्मेदवारी फिर्ता लिएपछि भण्डारी निर्विरोध निर्वाचित हुनुभएको हो । संस्थाको स्थापनाकालदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आउनु भएकी भण्डारीले कार्यसमिति सदस्य, सांस्कृतिक सचिव, प्रवक्ता र सचिव हुँदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको हो ।
निर्वाचन कमिस्नर मिन दर्लामीका अनुसार संस्थामा २१ सदस्यीय नयॅा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे, महासचिवमा महलाल घिमिरे, सचिवमा राधा खरेल, कोषाध्यक्षमा अर्जुन बस्नेत तथा सह–कोषाध्यक्षमा माया केसी निर्विरोध हुनुभएको छ।
त्यसैगरी सांस्कृतिक सचिवमा दीपक थापा मैथाने र प्रवक्तामा सुरेश केसी चयन हुनुभएको छ। समितिको सदस्यहरूमा मेजर बुद्धि भण्डारी, सूर्यविक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पूण्यहरि अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले रहनुभएको छ।
निर्वाचित कार्यसमितिको औपचारिक घोषणा भने आगामी मे ३ मा हुने समाजको अधिवेशनबाट गरिने जनाइएको छ।

