गुल्मीमा जेसिबीको ठक्करबाट बृद्धको मृत्यु

अनिल खत्री

२०८० कार्तिक १ गते, बुधबार २२:०८ मा प्रकाशित

 

१ कात्तिक, गुल्मी । गुल्मीमा जेसिबीको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु १ क ५०२४ नम्बरको जेसिबीले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसिबी चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका वडानम्बर ७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछान्लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । घटना स्थलमा प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोलि खटिएको छ ।