२४ मंसिर २०८१, सोमबार
गुल्मीमा दशैं मेलामा मुख्य आकर्षणमा जेरी
११ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा दशैंको अवसरमा चल्ने मेलाहरुमा अधिकांश स्थानहरुमा जेरी मुख्य आकर्षणमा पर्ने गरेको छ । दशैं पछिको मन्दमन्द चिसोमा तातो जेरीको चुस्की लिदै सराय मेला अवलोकन गर्ने गर्दछन् ।
यो प्रचलन गुल्मी जिल्लाका मेलाहरुमा मुख्य नै बन्ने गर्दछ । जिल्लाका विभिन्न स्थलहरुमा चल्ने मेलाहरुमा पुगेपछि सबैले खाने जेरी नै पर्ने गर्दछ । त्यस्ती मात्रै होइन अवलोकनमा गएकाहरुले साँझ घरमा जाँदा जेरी लैजाने गर्नाले यो बेला जेरी पकाउनेहरुको व्यवसाय राम्रो हुने गरेको बताउछन् ।
दशैं सकिएपछि एकदशी देखि पूर्णिमासम्म विभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ । दशैंपछि गुल्मी जिल्लाको पहिचाहनको रुपम रहेको सराय नाच देखाउने गरिन्छ ।
सराय नाच देखाउने स्थलहरुमा प्रायजसो जेरीका पसलहरु मात्रै राखिने गरिन्छ । यो बेला अन्य समयमा भन्दा धेरै बिक्ने गरेको मालिका गाउँपालिकाका मनिराम पन्थीले बताए ।
उनले दशैंपछि मालिका क्षेत्रमा पर्ने विभिन्न मेलाहरुमा पुगेर दैनिक ५० केजी भन्दा बढी जेरीको व्यापार हुने गरेको बताए । पन्थी जस्तै जेरी बेच्नेहरु धेरै छन् ।
दशैंमा मात्रै जेरी बेचेरी राम्रो आम्दानी गर्ने माध्यम जेरी बन्ने गरेको छ । अहिले जेरीको प्रतिकेजी मूल्य ५ सय रुपैयाँमा बिक्री हुँने गरेको छ ।
व्यवसायीहरुले प्रति पिस १५ र २० रुपैयाँसम्ममा बेच्ने गरेको बताउछन् । जिल्लाका धेरै स्थलमा मेला अवलोकनमा पुग्नेहरुको मुख्य रोजाईमा गुलियो जेरी पर्ने गरेको हो ।
परापूर्वकालदेखि नाच्न थालिएको सराय मेलाले विभिन्न समयमा घरबाट टाढा भएकाहरु दशैंको बेला घरमा आएकाले साथीसंगीहरुसँग भेटने गतिलो अबसरको रुपमा पनि लिइन्छ । पहिलेदेखि नै एकदमै राम्रो सरायनाच हुने स्थलहरु अर्जे, अम्मरपुर, इस्मामैदान, धुर्कोट, मुसिकोट, ताल्तुङ्ग, धागिथुम, जोगिथुम, चोयगा, उनाएचौर लगाएत झण्डै २ दर्जन स्थानहरुमा चल्ने मेलाहरुमा मुख्य आकर्षण जेरी नै पर्ने गर्दछ ।
फरक ठाउँमा फरक समयमा मेलाहरु लाग्ने गरेकाले ती स्थानहरुमा धेरै ठाउँमा एकै व्यक्तिहरु पनि पुग्ने गर्दछन् । मेलाहरुमा अरुभन्दा जेरी नै मुख्य बिशेषता र आकर्षण हुनेभएकाले व्यवसाय पनि राम्रो भएकाले जेरी पकाउने गरेको बताउछन् । कमाइ पनि राम्रो र जेरी नबिक्ला भन्ने भन्दा पनि पुराउन नै मुस्किल पर्ने गरेको व्यवसायीहरुको तर्क छ ।