मुसिकोटको वामीटक्सारमा जिटिभिको सोरठी प्रतियोगिता 

कमल पौडेल

२०८० कार्तिक २६ गते, आईतवार २०:५६ मा प्रकाशित

गुल्मी (मुसिकोट) कात्तिक २६ । परोपकारी पत्रकारीता सञ्चालन गरिरहेको जिटिभि अनलाईन सुचना प्रा.लि.ले वामीटक्सारमा आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा सोरठी प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

दश वटा समुहको सहभागिता रहेको सोरठी प्रतियोगितामा सानो रिघा सोरठी समुह गल्कोट नगरपालिका ११ प्रथम तथा सोरठी भैलो संरक्षण समिति मुसिकोट नगरपालिका ८, मालारानी द्वितिय भएका छन् । त्यस्तै खुल्ला रेकर्ड नृत्य प्रतियोगितामा रिदम डान्स एकेडेमी गल्कोट प्रथम र विनिता परियार द्वितिय बनेका थिए ।

कार्यक्रममा लोक दोहोरी गायक रेशम निर्दोष, पवित्रा सर्तुङ्गी, ओम सेन्चुरी, नृत्यकार शेखर घर्ति, दिलु सुनार लगाएतको प्रस्तुती रहेको थियो । कार्यक्रम जिटिभि अनलाइन सुचना प्रालीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता, सहसम्पादक सागर भण्डारीको स्वागत मन्तव्य तथा सञ्चारकर्मि भुवन भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा परोपकारी अभियानमा जोडिएका डा. प्रविश ढकाल, मुसिकोट नगरपालिकाका उपमेयर गंगा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । जिटिभि अनलाइन सुचना प्रालिले भिडियोहरु मार्फत विपन्नता तथा सामाजिक समस्याका विषयहरु उठान गर्दै पीडितहरुको पक्षमा सहयोग गर्दै आएको छ । कार्यक्रममा सामाजिक अभियान्ता तथा सहयोगदाता लिल बहादुर थापा लगायतको सहयोग रहेको थिया े। सहयोगदाताहरुलाई कार्यक्रमकै अवसरमा सम्मान समेत गरिएको थियो ।