२४ आश्विन २०८१, बिहीबार
गुल्मीमा सुन्तला घाँटीमा अड्कियर तीन वर्षीय शिशुको ज्यान गयो
गुल्मी, ७ मंसिर ‐ गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका आयुष ठकुरीको घाँटीमा सुन्तला अड्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनु भएको थियो । बिहिबार दिउँसोको समयमा आमाछोरा घरको छतमा बसेर घाम ताप्दै सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा सुन्तला दुईवटा केसरा अड्किको बताईएको छ
सुन्तला अड्किएर श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारको लागि तत्कालै गुल्मी अस्पतालमा लगिएको थियो । शिशुको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
—