२४ आश्विन २०८१, बिहीबार
औषधि व्यवस्था विभागबाट सफल र सम्पन्न आयुर्वेदलाई कारवाही भएन
औषधि व्यवस्था विभागबाट सफल र सम्पन्न आयुर्वेदलाई कारवाही भएन
अनिल खत्री
१५ फागुन, गुल्मी । गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई औषधि व्यवस्था विभागले कारवाही नगरी पसल सञ्चालन गर्न अनुमति दिएको छ । जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई कारवाही नगरी अनुमति दिएको हो ।
जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई जिल्ला प्रशासन कार्यालय गुल्मी छुट्टाछुट्टै एक÷एक लाख रुपैयाँ जरिवाना गरेर थप कारवाहीको लागि औषधी व्यवस्था विभागमा पठाएको थियो । तर, बिभागबाट उक्त आयुर्वेद सञ्चालकले आयुर्वेद सगैसँगै एलोप्येथिक औषधि बेच्नका लागि अनुमति लिएपछि कुनै कारवाही नगरी पसल सञ्चालन गर्ने अनुमति दिएको छ ।
सफल र सम्पन्न आयुर्वेद पसले क्षेत्र अधिकार भित्र रहेर औषधी बिक्री मात्रै पाउने अनुमती लिएको औषधि व्यवस्था विभागका पानबहादुर क्षेत्रीले बताउनुभयो । उनले प्रशासन कार्यालय गुल्मीबाट कारवाही भएको र औषधी व्यवस्था विभागमा पसल दर्ता गर्न आएकाले कारवाही गर्ने अधिकार नरहेको बताउनुभयो ।
तर उक्त आयुर्वेद पसलले स्वास्थ्य जस्तो संवेदशिल क्षेत्रमा क्षेत्रअधिकार बाहिर रहेर काम गरेको अनुगमनका क्रममा फेला परेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० बमोजिम प्रशासनले कारवाही गरेको थियो । प्रशासनले कारवाही गर्न मिल्ने क्षेत्र अधिकार भित्र रहेर अधिकत्तम कारवाही उक्त पसललाई गरेको हो ।
१५ माघ २०८० मा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद पसल सिल गरेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
छानबिन समितिले क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई प्रतिवेदन बुझाएका थिए । उक्त आयुर्वेदले आयुर्वेद औषधि मात्र बेच्न पाउने अनुमती पाएकोमा एलोप्येथिक औषधि बिक्री, बिरामीको एक्सरे सेवा तथा भर्ना गरेर समेत बिरामी हेर्ने गरेको पाइएको थियो ।
गर्न नपाउने कामहरु गरेको उक्त आयुर्वेदलाई बचाउन र कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले बारम्बार जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुगेर दबाद दिँदै आएको थियो ।
सफल र सम्पन्न आयुर्वेद श्रीमान् र श्रीमतीको नाममा दुईवटा संचालित भएका थिए । दुवै आयुर्वेद गैरकानुनी ढंगबाट रमेश अधिकारीले संचालन गरेका थिए ।
बैध पढेका अधिकारीले बिशेषज्ञ डाक्टरले दिने भन्दा बढी सेवा आयुर्वेद पसलको नाममा बिरामीलाई गलत रुपमा दिएका थिए । उहाँले रेसुंगा नगरपालिका वडा नम्बर ८ मा आयुर्वेद पसल र वडा नम्बर ९ मा ल्याब समेत संचालन गर्नुभएको थियो ।
आयुर्वेद पसल संचालक अधिकारी विभिन्न ठाउँका आठ वटा कोठामा उक्त पसल संचालन गरेका थिए । उनले एक्सरे तापिलो घाममा हेरेर बिरामीलाई परामर्श दिने र उपचार गर्ने गरेको समेत आरोप लागेको थियो ।
स्थानीयका अनुसार उनले एलोप्येथिक औषधिलाई धुलो बनाएर आयुर्वेदिक भनी बेचेर बिरामीको रोग निको गराउने गरेको आरोप लागेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद संचालकलाई दुई लाख जरिवाना गराएपछि आयुर्वेदिक पसल खुलेको थियो ।
गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले औषधि व्यवस्था विभागको पत्रअनुसार पसल खोलेको बताउनुभयो । उनले ल्याब भने बन्द रहने बताउनुभयो । दक्ष जनशक्ति का साथै अनुमती लिएमा ल्याब संचालन हुने सम्भावना रहेपनि अहिले बन्द नै हुने बताउनुभयो ।