जनप्रतिनिधि र कर्मचारीहरुका लागि सकारात्मक सोंच सम्बन्धि तालिम

admin

२०८० चैत्र २२ गते, बिहीबार १९:०९ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, २२ चैत । गुल्मीमा सकारात्मक सोंच सम्बन्धि एक दिवशीय कार्यक्रम सम्पन्न भएको छ । रेसुंगा नगरपालिकाको आयोजनामा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । सकारात्मक सोंचले मात्र मानिसको जीवनमा उर्जा थपिने र त्यही उर्जाको माध्यमबाट समाज रुपान्तरणमा थप प्रेरणा जगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताउनु भयो ।

उहाँले सकारात्मक सोंच र विचार नै सुसाशनको पहिलो जग भएको भन्दै त्यही जगबाट संमृद्धिको पहिलो आधार निर्माण गर्न सकिने बताउनु भयो । उहाँले सकारात्मक सोंचबाट मात्र संमृद्ध रेसुंगा निर्माणको परिकल्पना सम्भब हुने बताउनु भयो ।

कार्यक्रममा सजकर्ता नेपाल सरकारका पुर्व सहसचिव रमेश कुमार अधिकारीले लाज, लोभ, रिस र आलस्यसँग सधै जोगिएर जन प्रतिनिधि र कर्मचारीहरुको बोलीमा शुद्धता हुनुपर्ने र अर्काको उन्नतीमा रमाउन सिक्नु पर्ने लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा उहाँले राजनीतिमा प्रतिश्पर्धा र विकासमा सहमतिसँगै शिघ्र सेवा र तिब्र विकासका लागि सकारात्मक सोंच नै पहिलो खुड्किलो भएको भन्दै सोंच बदल्न सकेमा मात्र जीवन सफल र सिर्जनशील हुने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालको स्वागत र शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीको सञ्चालन रहेको उक्त कार्यक्रममा नगर उप प्रमुख अमृतादेबी कुँवर सहित नगरपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थि