मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

admin

२०८१ बैशाख १४ गते, शुक्रबार १०:१२ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, १४ वैशाख १४ । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको । ज्यान जानेमा गुल्मीदरबार गाउँपालिका‐३ स्थीत राजाका २९ बर्षीय अनिलराज घर्ति रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी शंकर पोख्रेलले जानकारी दिनु भएको छ ।

गुल्मीदरबार गाउँपालिका ‐३ अन्र्तगत गौडाकोटबाट बिरबास तर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको उक्त मोटरसाईकल तम्घास‐रिडी सडक खण्ड अन्र्तगत गुल्मीदरबार गाउँपालिकाको वडा नं ३ स्थीत म्यालपोखरी भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परि गंभिर घाईते हुनुभएका घर्तिको गए राती उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको हो ।

दुर्घटनामा परि गुल्मीदरबार गाउँपालिका ‐४ स्थीत भट्टेचौरका ३० बर्षीय यमबहादुर सूर्यबंशी घाईते हुनुभएको छ । उहाँको गुल्मी अस्पताल तम्घासमा उपचार हुन नसकेपछि थप उपचारका लागि पाल्पा पठाइएको छ । घाईतेको पाल्पा स्थीत मिसन अस्पतालमा उपचार भैरहेको र अबस्था खतरामुक्त रहेको बताइएको छ । उक्त मोटरसाईकल अनियन्त्रित हुँदा सडकबाट ३० मिटर तल खसेको थियो ।