३ चैत्र २०८१, सोमबार
गुल्मीमा वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ

जनार्दन घिमिरे
गुल्मी, बैशाख १८ । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ सिस्न्यारा पातल सामुदायिक वनमा आगो लगाउने सोही स्थानका दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरले
जानकारी दिनु भयो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्धा चलाउने तयारी गरिएको छ ।
पक्राउ परेकाहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजॅाय हुनेनिमित्त वन अधिकृत ठाकुरले बताउनु भयो ।
आरोपी दुवै जनाले सामुदायिक बनमा आफूहरुले आगो लगाएको स्विकार गरेका छन् । उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो । उनीहरुले गत ७ गते आगो लगाएर फरार भएका थिए
डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलनको क्रममा गाउँमा बस्ती रित्तिदैं गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको निमित्त बन अधिकृत पंकज कुमार ठाकुरले बताउनु भयो। उहॅाले सल्लाका रुख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नको सट्टा सल्लीपिलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताउनु भयो।
कुनै ब्यक्तिको लापरबाहीबाट डढेलो लागेको र त्यसले ठुलो क्षति गरेको भन्दै जनचेतना जगाउनु नै मुख्य काम भएको पत्रकार सम्मेलनका क्रममा ठाकुरले बताउनु भयो। ठाकुरले आगो लगाएको सुराकी दिने ब्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने पनि जानकारी दिनुभयो ।
हाल गुल्मीका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोबाट दुई हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा, मदाने र गुल्मीदरबारमा घरगोठमा थुप्रै क्षति भएको छ । घटनास्थलमा राहात र उद्धारको काम भइरहेको छ ।