गुल्मीमा ५३ घर अग्नीपीडितहरुलाई लायन्सको १६ लाखको राहत

admin

२०८१ जेष्ठ ६ गते, आईतवार १४:२९ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, जेठ ५ । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ एमले गुल्मी जिल्लाका ५३ घर अग्नीपीडितहरुलाई करिब १६ लाख २८ हजार बराबरको सामग्री प्रदान गरेको छ ।

लायन्सले क्याविनेट बैठकको पुर्वसन्ध्यामा जिल्लाभरका ५३ घर अग्नीपीडितहरुलाई करिब १६ लाख २८ हजार बराबरको सामग्री प्रदान गरेको हो। कार्यक्रममा लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी, प्रदेश सभा सदस्य डिल्लीराज भुसाल, रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ एमका प्रमुख गर्भनर भिम पौड्याल लगायतले पीडित परिबारलाइ राहत सामग्रि हस्तान्तरण गर्नु भएको थियो । लायन्सले जिल्लाका केहि ठाउँका स्वयं अग्नीपीडित र केहि ठाउँमा स्थानीय जनप्रतिनिधी मार्फत राहत रकम प्रदान गरेको हो । प्रत्येक परिवारलाई २५ हजार बराबरको राहत सामग्री प्रदान गरिएको लायन्स क्लव अफ गुल्मी तम्घासका अध्यक्ष इश्वरी कंडेलले बताउनु भयो। साथै जिल्लाका विभिन्न बिद्यालयमा आठ वटा सेनिटरी भेन्डिङ्ग मेसिन प्रदान गर्ने जनाएको छ । अध्यक्ष कंडेलका अनुसार यसअघि गुल्मी अस्पतालमा करिव आठ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

लायन्सको तर्फबाट पहिरोबाट पीडत इस्मा, सत्यवति र दजाकोटका अग्नीपीडितलाई पनि क्लवले लाखौको सामग्री प्रदान गरेको छ । त्यो बाहेक श्रृंगामा १६ लाख बराबरको स्वास्थ शिबिर गरिएको कंडेलले जानकारी दिनु भयो। लायन्सले यसअघि जिल्लाका ४० भन्दा बढि बिद्यालयहरुमा न्यानो कपडा समेत वितरण गर्दै आएको क्लवले जनाएको छ ।