२३ भाद्र २०८१, आईतवार
गुल्मीमा पहिरोमा पुरिएर चार जनाको मृत्यु, दुई घाईते
गुल्मी, साउन २२ । गुल्मीमा पहिरोले घर पुरिदा चार जनाको मृत्यु भएको छ भने थप दुई जना घाईते बनेका छन । जिल्लाको मुसिकोट नगरपालिका वडा नं १ अन्तरगत बिसौनामा आज बिहान घर माथिबाट गएको पहिरोले स्थानीय विष्णु बिक र हुकुम बिकको घर पुरिदिएको हो ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा मुसिकोट नगरपालिका १ बिसौनाका वर्ष ४० का गोरे बिक, वर्ष ६७ का हुकुम बिक, वर्ष ६६ की मुसुरी बिक र अढाई वर्षकी वालीका रियन्सी बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभएको छ ।
पहिरोमा पुरिएर विष्णु बिक र नुना विक घाईते भएका छन । उनीहरुलार्ई स्थानीयहरुले उद्दार गरि बचाउन सफल बनेका थिए । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरीको टोली घटना स्थल पुगिसकेको र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट पनि प्रहरी निरिक्षक राम केसीको नेत्ृत्वमा प्रहरी टोली घटनास्थल तर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गए रातीदेखि लगातार रुपमा वर्षा भैरहेकोले बिहान सबैजना घरमै बसिरहेको अबस्थामा अचानक घरदेखि माथिबाट आएको लेदो सहितको पहिरोले एकै पटक दुई वटा घर पुरेको स्थानीयहरुले बताएका छन ।