जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित

admin

२०८१ भाद्र १८ गते, मंगलवार १८:१३ मा प्रकाशित

गुल्मी, १८ भदौ । गुल्मीको किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्राः लगायतका विधामा कलम चलाउँदै आउनु भएका भण्डारीलाई यस वर्षको ‘जानकी साहित्य’ पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो ।

गुल्मीको सत्यवती गाउँपालिका –५ अन्तरगत जुहाङ्, खैरेनी निवासी ७१ वर्षीय साहित्यकार भण्डारीले विभिन्न विधामा दुइ दजर्न भन्दा बढी कृतिहरु प्रकाशित गर्नु भएको पुरस्कार छनौट समितिका संयोजक दीन पन्थीले बताउनु भयो । पुस्तकालयद्वारा आयोजित समारोहमा किरण पुस्तकालयका अध्यक्ष शशि पन्थी एवं लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले साहित्यकार भण्डारीलाई नगद सहित दोसल्ला र प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

साहित्य क्षेत्रमा निकै रुचि राख्नुहुने स्वर्गीय जानकी ज्ञवालीको सम्झनामा परिवारद्वारा उक्त पुरस्कार स्थापना गरिएको थियो । किरण पुस्तकालयको समन्वयमा स्थापना गरिएको पुरस्कार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जनामा लग्ने सर्जकहरुलाई प्रत्यक वर्ष प्रदान गरिदै आएको छ ।

२०७३ सालमा स्थापना भएको उक्त पुरस्कारवाट यस अघि साहित्यकार सूर्यबहादुर सेन वली, भागीरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम, र रुद्र ज्ञवाली र हरिप्रसाद भण्डारीलाई प्रदान गरिसकिएको छ । साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनु भएकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियो । स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन उहाँका श्रीमान शंकर प्रसाद गौतमको विशेष अग्रसरतामा जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरिएको छ ।

प्रतिष्ठानको नाममा किरण पुस्तकालय गुल्मीमा दुइ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी बनाई इतिहास, कला र साहित्य क्षेत्रमा योगदान पु¥याउने सर्जकलाई जानकी साहित्य पुरस्कारद्वारा सम्मान गरिदैं आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जानकारी दिनु भयो ।