३० भाद्र २०८३, मंगलवार
यस वर्षको जानकी साहित्य पुरस्कार मिश्रलाई
जनार्दन घिमिरे गुल्मी, २८ भदौ । किरण पुस्तकालय गुल्मीले हरेक वर्ष प्रदान गर्दै आएको ‘जानकी साहित्य पुरस्कार–२०८३’ यस वर्ष कवि तथा निबन्धकार काशीनाथ मिश्रलाई प्रदान गरिएको छ । नेपाली कविता तथा हास्यव्यङ्य निबन्धका क्षेत्रमा मिश्रले पु¥याउनु भएको योगदानको कदर गर्दै जानकी साहित्य पुरस्कार छनोट समितिको निर्णय अनुसार उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुस्तकालयद्वारा सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालको सहभागितामा आयोजित कार्यक्रममा मिश्रलाई उक्त पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक तथा किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले जनाकारी दिनुभयो । रुरुक्षेत्र गाउँपालिकामा जन्मनु भएका कवि तथा निबन्धकार मिश्रका ‘रक्सी’ खण्डकाव्य, ‘केही अभिव्यक्ति केही परिभाषा’ विश्वराज पौड्यालसँगको सहलेखनमा प्रकाशित कृति, ‘दुर्भाग्य’ महाकाव्य, बोकाको मन’ ‘मिश्रित तरङ्ग’ ‘स्वर्णिम सपना’ लगायतका विभिन्न कृतिहरु प्रकाशित भएका छन् । साहित्यमा रुचि राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको सम्झनामा उहाँको परिवारले स्थापना गरेको उक्त पुरस्कार किरण पुस्तकालयको समन्वयमा गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जनामा लग्ने सर्जकहरुलाई प्रत्यक वर्ष प्रदान गरिदै आएको छ । २०७३ सालमा स्थापना गरिएको उक्त पुरस्कार यस अघि साहित्यकार सूर्यबहादुर सेन वली, भागीरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम, ररु ज्ञवाली, हरिप्रसाद भण्डारी, ठाकुरप्रसाद भण्डारी र टंक पन्थलाई प्रदान गरिसकिएको छ । साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनु भएकी ज्ञवालीको २०७३ साल मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो । स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन उहाँका पति शंकरप्रसाद गौतमको विशेष अग्रसरतामा जिल्लामा जानकी ज्ञवाली गौतम प्रतिष्ठानको स्थापना गरिएको हो । प्रतिष्ठानको नाममा किरण पुस्तकालय गुल्मीमा २ लाख १ हजार १ सय ५१ रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमि तथा कर्मभूमि बनाई इतिहास, कला र साहित्य क्षेत्रमा योगदान पु¥याउने सर्जकलाई प्रत्यक वर्ष जानकी साहित्य पुरस्कारद्वारा सम्मान गरिदैं आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जानकारी दिनुभयो ।


