२४ आश्विन २०८१, बिहीबार
गुल्मीमा सम्पादित समिक्षा कार्यक्रममा रुरुक्षेत्र बाह्र पालिकाहरु मध्यमा पहिलो बन्यो
गुल्मी, १ असोज । गुल्मीमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समिक्षामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका पहिलो बनेको छ । आर्थिक बर्ष २०८०÷०८१ को समिक्षामा रुरुक्षेत्र गाउँपालिकाले ७१.८२ प्रतिशत अंक प्राप्तगरि जिल्लामै पहिलो बनन सफल बनेको हो । समिक्षा कार्यक्रममा सत्यवति गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो बनेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजना एवं रेसुङ्गा नगरपालिकाको आतिथ्यतामा सदरमुकाम तम्घासमा दुइ दिनसम्म सञ्चालन भएकोे बार्षिक समिक्षा गोष्ठिमा १२ पालिकाहरु मध्य रुरुक्षेत्र, सत्यवती र छत्रकोट गाउँपालिका अब्बल देखिएका हुन । एक आर्थिक बर्षमा जिल्लाका १२ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुले गरेका कामहरुलाइ स्वास्थ्य कार्यालय गुल्मीले २९ वटा सुचकका आधारमा मुल्याङ्कन गरिएको थियो । कार्यालयले खोप, सुरक्षा, पोषण, टिवि, परिवार नियोजन, लगायतका सुचकहरुलाई आधार बनाएर मुल्यांकन गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत पुस्पा थापाले बताउनु भयो ।
जिल्लाका दुइ नगरपालिका सहित १० गाउँपालिका अन्तरगतका स्वास्थ्य शाखा प्रमुखहरुले एक आर्थिब वर्षमा आफ्नो गाउँपालिकाबाट भए गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा आआफ्ना प्रस्तुतिकरण गर्नु भएको थियो । जिल्लामा स्वास्थ्य क्षेत्रको वास्तविक अबस्थाको पहिचान गरि नमुना कामहरुको अनुसरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको पहिचान गर्ने उद्देश्यले उक्त वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले यस्ता प्रकारका समिक्षाहरुले आफुले गरेका कामहरुको बारेमा जानकारी दिने र आगामी वर्ष गरिने कार्यक्रमलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा जानकारी आदान प्रदान गर्न थप सहज पुग्ने बताउनु भयो । उहाँले समस्या समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिनका कार्यक्रमलाई सुदृढ र प्रभावकारी रुपमा सम्पन्न गर्न मद्दत मिल्ने बताउनु भयो । पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोग शहरबाट गाउँ तिर बढ्दो क्रममा रहेको भन्दै ग्रामीण क्षेत्रमा यसको बारेमा सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्नु आवश्य रहेको समन्वय प्रमुख खत्रीले बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्थीत सम्पुर्ण सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभगिता रहेको थियो । समिक्षा कार्यक्रमलले जिल्लामा स्वास्थ्यकर्मीहरुले आफुले एक आर्थिक वर्षसम्म सम्पादन गरेका मुख्य मुख्य काम र त्यसबाट प्राप्त उपलब्धिहरुको बारेमा खुलेर छलफल कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।