२४ आश्विन २०८१, बिहीबार
अबरुद्ध बनेको गुल्मीको तम्घास–रिडी सडक सुचारु, बाढीले घर बगायो
गुल्मी, १२ असोज । अबिरल वर्षाका कारण अबरुद्ध बनेको मदन भण्डारी राजमार्ग अन्र्तगत तम्घास‐रिडी सडक खण्ड सुचारु बनेको छ । तम्घास‐रिडी सडक खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका ११ स्थित उर्लेनी, गुल्मीदरबार गाउँपालिका ४ स्थित बिरबास र छत्रकोट गाउँपालिका ३ स्थित लुम्छामा सडक माथिबाट खसेको पहिरो पन्छाएपछि सडक सुचारु बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक सुचारु भएपछि सनिबार बिहानदेखि रोकिएका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन । त्यसैगरी वर्षाका कारण अबरुद्ध बनेको रुद्रबेणी‐वामीटक्सार सडकखण्ड र कालीगण्डकी करिडोर सडक अन्र्तगत गुल्मीको रुद्रबेणी‐पुर्तिघाट सडक खण्ड भने अझै सुचारु हुन सकेको छैन । रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अन्तरगत सत्यवती गाउँपालिका ६ स्थित डहरेखोलामा जलबहाव बढेको र कालीगण्डकी करिडोर सडक अन्र्तगत कालीगण्डकी गाउँपालिका ४ स्थित पुर्तिघाटमा सडक माथिबाट पहिरो खसेपछि विहिबार रातीदेखि दुवै सडक अबरुद्ध बनेका हुन ।
सडक अवरुद्ध बनेपछि वामीटक्सार र कालीगण्डकीको पुर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाण्डौसम्म छुट्ने लामो तथा छोटोदुरीका सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । सडक सुचारु गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहेपनि वर्षा नरोकिएको हुँदा पहिरोको जोखिमका कारण सडक सुचारु गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।
लगातारको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिकामा एक व्यक्तिलाई खोला तर्ने क्रममा बगाउँदा घाईते बनेका छन । कालीगण्डकी ४ स्थित पुर्तिघाट बस्ने वर्ष ६८ का बल बहादुर पुनलाई स्थानीय पाती खोलाले बगाउँदा घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यसैगरि वर्षाका कारण जिल्लाको छत्रकोट गाउँपालिका ५ दुमैखोला निवासी कृष्ण बिकको घर बाढीले बगाएको छ । अविरल वर्षाले रेसुङ्गा नगरपालिका ९ चुच्चे गैरामा दुईवटा घर भासिएका छन । तिनदिन सम्मको लगातारको बर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । लगातारको बर्षाका कारण थप जोखिम बढन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोलाको टटीय क्षेत्र र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्तकरहि सुरक्षीत स्थानमा बसोवास गर्न आग्रह गरेको छ ।