गुल्मीमा जीप दुर्घटनामापरि १६ जना घाईते

admin

२०८१ आश्विन २३ गते, बुधबार १७:२१ मा प्रकाशित

गुल्मी, असोज २३ । गुल्मीमा जीप दुर्घटनामापरि १६ जना घाईते बनेका छन । बुधबार (आज) बुटवलबाट गुल्मीको चन्द्रकोट गाउँपालिका स्थित सान्तिपुर तर्फ आउँदै गरेको लु १ झ २०८८ नम्बरको यात्रु वाहक जीप जिल्लाको सत्यवती गाउँपालिका –१ अन्र्तगत कुडालीमा दुर्घटना भएको हो ।

दुर्घटनामापरि जीपमा सवार चालक सहित १६ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनुभएको छ । उक्त जीप अनियन्त्रीतभई सडकबाट दश मिटर तल खसको बताईएको छ ।

दुर्घटनामा घाईते भएकाहरु मध्य केहीको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भैरहेको छ भने अन्य घाईतेहरुलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाईएको सूचना अधिकारी पोख्रेलले बताउनु भएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।