३ चैत्र २०८१, सोमबार
नेपाली काँग्रेस गुल्मी–काठमाण्डौ सम्पर्क समितिको सभापतिमा खरेल

गुल्मी, २६ कात्तिक । नेपाली काँग्रेस गुल्मी–काठमाण्डौ सम्पर्क समितिको सभापतिमा कृष्णप्रसाद खरेल निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाण्डौमा सनिबार सम्पन्न सातौं अबिधेशनबाट खरेलको नेतृत्वमा सर्वसम्बत रुपमा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो ।
सातौं अधिबेशनवाट निर्वाचित अन्य पदाधिकारीहरुमा छविलाल पौडेल सचिव, सुदिप भण्डारी कोषाध्यक्ष र सहसचिवमा जगदीश पाण्डे, भुवन विष्ट र दिपक कुमार खड्का रहनु भएको छ । त्यसैगरी अन्य सदश्यहरुमा मोहन थापा, सुरेश शर्मा, लेखनाथ भण्डारी, टंकप्रसाद पन्थ र ज्ञानेश्वर अर्याल निर्वाचित बन्नु भएको हो ।
नेपाली काँग्रेस गुल्मी जिल्ला सम्पर्क समितिको विनियम २०७१ को दफा ७ को उपदफा (२) बमोजिम निर्वाचन सम्पन्न भएको निर्वाचन समिति संयोजक केशरमणी अर्यालले जानकारी दिनुभएको छ । निर्वाचित सभापति खरेलले आफुलाई जिम्मेबारी हस्तान्तरण गर्ने सबै प्रति हार्दिक धन्यबाद दिँदै आभार व्यक्त गर्नु भएको छ ।
उहाँले आगामी दिनमा सम्पर्क समितिलाई अग्रजहरुको सहयोग र सल्लाह बमोजिम सबैलाई अपनत्व महशुस हुनेगरि संस्थालाई थप क्रियासिल बनाई अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । मुसिकोट नगरपालिका –५ आँपचौर निवासी युवा नेता खरेल हाल नेपाल तरुणदलको केन्द्रिय सदश्य समेत रहनु भएको छ ।