२४ मंसिर २०८१, सोमबार
हरिबोधिनी एकादशीको अवशरमा गुल्मीमा पालिकाद्वारा सार्वजनिक बिदा
गुल्मी, कात्तिक २६ । हरिबोधिनी एकादशी पर्वको अवसर गुल्मीमा स्थानीय पालिकाहरुले एक दिन सार्वजनिक बिदा दिएका छन । जिल्लाको पबित्र धार्मिक सथल रेसुङ्गा पोखरीमा लाग्ने धार्मिक मेलाको अवशरमा रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।
रेसुङ्गा नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अमृतादेवी कुँवरले आज सार्वजनिक सूचना प्रकाशन गरि नगरपालिकाको कार्यपालिका बैठकबाट गरिएको निर्णय अनुसार कात्तिक २७ गते नगरपालिका क्षेत्रका सम्पुर्ण कार्यालयहरु, वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्थाहरु र अन्य सार्वजनिक संघं सस्थाहरुमा बिदा दिने निर्णय गरिएको जानकारी दिनुभएको छ ।
त्यसैगरि गुल्मीदरबार गाउँपालिकाले पनि गाउँ कार्यपालिकाको नियर्णयानुसार पालिका अन्र्तगतका सम्पूर्ण वडा कार्यालयहरु, विद्यालय एवं स्वास्थ्य चौकीहरु तथा विभिन्न संघ संस्थाहरुमा मंगलबारका दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले बताउनु भयो ।
हरिबोधिनी एकादशीको अवशरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गा पोखरीमा प्रत्यक वर्ष ठूलो धार्मिक मेला लाग्ने गर्दछ । एकादशी मेलाको अशरमा त्यस क्षेत्रमा बिहानैदेखि श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । एकादशीको दिन रेसुङ्गा पोखरीको पानीले स्नान गरेपछि चारधाम जान नपर्ने र आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरु समेत नष्टभई संवृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । त्यही मान्यता र विश्वासका कारण गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट पोखरीमा स्नान गर्न आउने श्रद्धालुहरुको ठूलो घँुईचो लाग्ने गर्दछ ।
रेसुङ्गा पोखरीमा चारधामवाट ल्याएको जल मिसाईएको हुँदा यहाँको पोखरीमा स्नान गर्नाले चारधाम जान पर्दैन भन्ने मान्यता रहिआएको छ । मानिसहरुले पोखरीमा स्नान गरेपछि नजिकै रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने र बर माग्ने गर्दछन । ठुलो एकादशीको रुपमा चिनिने हरिबोधनी एकादशीलाई गुल्मीमा विशेष महत्वको रुपमा मनाउने गरिन्छ ।
रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत अर्घाखाँची, पाल्पा, स्याङ्जा, वाग्लुङ्ग, प्यूठान, रुपन्देही लगायत धेरै टाढा टाढावाट पनि श्रद्धालुहरु आउने गर्दछन् । एकादशीको अवशरमा रुद्रवेणी र कालीगण्डकी नदीमा पनि स्नान तथा पुजापाठ गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।