उप निर्वाचनमा मुसिकोटमा ८ जनाको मनोनयन दर्ता 

admin

२०८१ मंसिर २ गते, आईतवार २०:३७ मा प्रकाशित

गुल्मी २ मंशिर । यही मङ्सिर १६ गते हुनगइरहेको उप निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं – १ को वडाध्यक्ष पदमा ८ जनाको उम्मेद्बारी दर्ता भएको छ।

वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट आनन्द श्रेष्ठ , नेकपा एमाले बाट दल बहादुर थापा र नेकपा माओवादी केन्द्रबाट दुर्गा बहादुर बिकको उम्मेद्बारी परेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पाटि ( रास्वपा ) बाट विकास थापा,

राप्रपाबाट ईस्वरी खाती, स्वतन्त्रबाट कोमानन्द खरेल , कुल बहादुर थापा र योगेन्द्र खरेलले उम्मेद्बारी दर्ता गराउनु भएको छ ।

एकीकृत समाजबादीले भने माओवादी केन्द्रलाइ समर्थन गरेको जनाएको छ ।

तीनवटै प्रमुख दलका उमेदवारहरू प्रभावशाली युवा नेता हुन । कॅाग्रेस उमेदवार श्रेष्ठ , एमाले उमेदवार थापा एवं माओवादी उमेदवार बिक स्थानिय तहमा जनता सङ्ग भिजेका नेताको रुपमा चिनिनुहुन्छ ।

निर्वाचन अधिकृत ऋषि घिमिरेका अनुसार अहिले त्यस वडामा ४ हजार ९१ जना मतदाता संख्या रहेको छ । गत स्थानीय तहको निर्वाचनमा ३ हजार ८०८ मतदाता रहेका थिए ।

त्यति बेला नेकपा माओबादी केन्द्रको समर्थनमा नेपाली कॅाङ्ग्रेसबाट मोहन घिमिरेले ११८२ मत प्राप्तगरि विजयी हुनुभएको थियो भने एमालेका नारायण बहादुर थापाले ११४३ मत प्राप्त गर्नु भएको थियो ।

विगतको निर्वाचनमा जस्तै यस पटक पनि तिन वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । अहिले तिन प्रमुख दल एक्लाएक्लै चुनावमा प्रतिसप्रर्धामा उत्रिएको हॅुदा तिन वटै दल बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

तत्कालिन वडाध्यक्ष मोहन घिमिरेको २०८० भाद्र २ गते ३६ बर्षको उमेरमा निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो ।