सार्वजनिक बिदाले नागरिकलाई सास्ती 

admin

२०८१ मंसिर ३ गते, सोमबार १४:४७ मा प्रकाशित

अनिल खत्री

३ मंसिर, गुल्मी । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सम्मान स्वरुप आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर कार्यालय खुल्ने केही समय अगाडि मात्रै सार्वजनिक बिदा दिदा नागरिकले भने सास्ती खेप्नु परेको छ ।

सोमबार बिहानैदेखि जिल्ला प्रशासन कार्यालय र गुल्मी अस्पतालमा सेवाग्राहीको लामो लाइन थियो । सरकारले बिहान कार्यालय खुल्ने समय अगाडि मात्रै सार्वजनिक बिदा दिने निर्णयले सेवा लिन कार्यालय पुगेका सेवाग्रहीलाई सेवा नलिइ घर फर्किन बाध्य भए ।

नागरिकले सरकारले दिएको बिदाको भन्दा पनि दिने निर्णय समयमै नभएकोमा नागरिकको गुनासो उठेको छ । समयमै दिएको भए बिदाको दिन सरकारी कार्यालयमा सेवा लिन जान दुखः नपाउनु पर्ने उनिहरुको दुखेसो छ ।

सरकारले सार्वजनिक बिदा दिदा सेवाग्रही र स्वय सरकारको समेत आर्थिक व्ययभार जोगिने सोमबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन पुगेका रेसुङ्गा नगरपालिका वडानम्बर १ का स्थानीय बावुलाल पन्थीले बताए । उनले कार्यालय खुल्ने अन्तिम समयमा दिइएको बिदाले नागरिकलाई सेवाप्रवाहमा सास्ती दिएको बताए ।

सेवा लिन घरबाट हिडेकाहरु कार्यालय पुगेर मात्रै बिदाको जानकारी पाएकाले यस्ता निर्णय गर्दा नागरिकको पनि अवस्था मुल्याङकन गरेर बिदा दिनुपर्ने पन्थीको भनाइ छ ।

सरकारले दिने निर्णय अपरिपक्क ढंगले घोषणा गर्दा सेवा लिन पुगेका सेवाग्रही आक्रोसित भएका छन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा सेवाग्रहीको चाप अत्याधिक बढेको छ ।

जसले गर्दा सेवाग्रही बिहानै लाइनमा बस्नपर्ने बाध्यत छ । लाइन लागेर सेवालिने समयमा सार्वजनिक बिदा दिने निर्णयले गाउँगाउँबाट सेवा लिन आएका सेवाग्रहीको समयसँगै आर्थिक रकम पनि फजुलमा खर्च भएको नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।

जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही विमुख घर फर्कनु बाध्य भएको उनले बताए । कार्यालय खुल्ने समयमा भएको सार्वजनिक बिदा दिने निर्णयको उनले टिप्पणी गरे

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदा भएपछि सेवा प्रवाह बन्द गरेपनि गुल्मी अस्पताल सपिहत केहि विद्यालयले भने सेवा प्रवाह दिएका थिए । जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही विमुख घर फर्कनु बाध्य भएपछि कार्यालय खुल्ने समयमा भएको सार्वजनिक बिदा दिने निर्णयको नागरिकमा टिप्पणी भएको छ ।

ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।