कर दिवस सप्ताहमा वक्तिृत्वकला प्रतियोगिता 

admin

२०८१ मंसिर ७ गते, शुक्रबार १८:४५ मा प्रकाशित

गुल्मी, ७ मङ्सिर । राष्ट्रिय कर दिवस सप्ताहको अवशरमा गुल्मीमा जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । करदाता सेवा कार्यालय गुल्मीले कर सप्ताहको अबशरमा ‘कर प्रणालीको सार, लगानीको आधार’ विषयमा जिल्ला स्तरीय खुला वक्तिृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो ।

प्रतियोगितामा प्रतियोगितामा लुम्बिनी ईन्सीच्यूट अफ टेक्नीकल साईन्स बुटवलकी छात्रा आकृति अर्याल प्रथम, पाञ्चायन माध्यमिक विद्यालय धुर्कोटकी छात्रा सुजाता कुँवर द्वितीय, रेसुंगा बहुमुखी क्याम्पस तम्घासकी छात्रा करिना टण्डन तृतीय र शारादा माध्यमिक विद्यालय चन्द्रकोटकी छात्रा रितीका गौतम सान्त्वना बनेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश दश हजार, आड हजार, पाँच हजार र दुइ हजार नगद र सम्मानपत्रद्वारा लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीले शुक्रबार सदरमुकाम तम्घासमा एक कार्यक्रम बीच सम्मान गर्नु भएको थियो ।

रेसुंगा बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको उक्त प्रतियोगिातमा १२ वटा विद्यालयहरुको सहभागिता रहेको मुल्यांकन समितिका संयोजक गुणनीधि पाण्डेले बताउनु भयो । करदाता सेवा कार्यालयले कर सप्ताहको अवशरमा जिल्लामा पहिलो जल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताले आफुमा थप उर्जा थपिएको प्रतियोगितामा सहभागि आकृती अर्यालले बताउनु भएको छ ।