गुल्मीमा टिपर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

admin

२०८१ पुष १३ गते, शनिबार ०८:५० मा प्रकाशित

अनिल खत्री

१३ पुस, गुल्मी । गुल्मीमा गएराती टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्  ।

रिडीबाट गिट्टी लिएर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादी स्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर- १ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ( एसपी) राजन भुजेलले  बताउनुभयो ।

टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् ।

उहाँको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।