२७ माघ २०८१, आईतवार
देशमा केही भएन भनेर भाष्य निर्माण गर्नु गलत ः उपमहासचिव ज्ञवाली

जनार्दन घिमिरे
गुल्मी, १५ माघ । नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदिप ज्ञवालीले बर्तमान सरकारबाट नागरिकहरुमा आशा र भरोशा जगाएको बताउनु भएको छ । देशले छोटो समयमा धेरै उपलब्धि हासिल गरेको भन्दै नेता ज्ञवालीले देशमा सुशासन प्रवर्धन र भष्ट्राचार नियन्त्रण गर्ने काममा सरकारले महत्वपूर्ण काम गरेको बताउनु भयो ।
प्रेस चौतारी नेपाल गुल्मीले मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले दुइ ठूला पाटिहरु जुन उद्देश्यका साथ सरकारमा आएका छन त्यो उद्देश्य पुरा गर्ने काममा लागि परेको बताउनु भयो । उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा केही विपक्षी दलका नेताहरु चरम निराशाको खेती गरेर देशलाई राजनैतिक अस्थिरता तर्फ लैजान खोजेको आरोप समेत लगाउनु भयो ।
उहाँले सरकारबाट बाहिरिएपछि केही नेताहरुले हतास, आवेग र कुण्ठामा जनतामा यस्ता निराशाका भाष्यहरु निर्माण गर्ने काममा उद्दत बनेको टिप्पणी गर्नु भयो । पछिल्लो समयमा अस्थिरताका खेलाडीहरुमा एक प्रकारको छटपटाहट भएको भन्दै एमाले उपमहासचिव ज्ञवालीले वर्तमान सरकारका प्रधानमन्त्री सिंहदरबारमा तस्विर झुण्डाउन र बायोडाटा थप्नका लागि मात्र सरकारमा नगएको बताउनु भएको थियोे ।
उहाँले बिग्रिएको राजनितीक अस्थिरतालाई अन्त्य गर्न, ओरालो लागेको देशको अर्थतन्त्रलाई माथि उकास्न, देशमा सुशासन कार्यम गर्र्दै मुलुकमा राजनितीक स्थायीत्व प्रदान गर्न वर्तमान सरकार गठनको आवश्यकता परेको बताउनुृ भयो । एमाले उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुइ ठूला पाटिहरुले सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गएको बताउनु भयो ।
डेढ वर्षसम्मको अस्थिर राजनीतिक कोर्षलाई राजनीतिक स्थायीत्व सिर्जना गर्ने, अर्थतन्त्रलाई गतिशील बनाउने र जनतामा देखिएको निराशाको बादललाई हटाउँदै लोकतन्त्रप्रति जनतामा भरोसा जगाउने काममा सरकार क्रियाशिल बनेर लागेको नेता ज्ञवालीले बताउनु भयो ।
उहाँले मुलुकमा राजनितीक अस्थिरताका कारण केही समय जनतामा निराशा देखिनु स्वभाविकै रहेको भन्दै अब राजनितीक स्थिरतासँगै मुलुक अगाडि बढ्ने कुरामा कसैले रोक्न नसक्ने बताउनु भएको थियो ।