२७ माघ २०८१, आईतवार
गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

गुल्मी, २० माघ । गुल्मीमा लु ३ त ५११२ नम्बरको ट्याक्टर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्याक्टरका सहचालक गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका –२ अर्बेनी निवासी वर्ष ५५ का देब बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा घाईते बनेका बिकको उपचारको क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभएको छ ।
गुल्मी स्थीत कालिगण्डकी गाउँपालिका –२ अर्बेनीबाट भित्री कच्ची सडक खण्डमा बिसौनातर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रितभई सडकबाट अन्दाजी ५०÷६० मिटर तल खसकोे प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेको हुँदा उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।