२७ माघ २०८१, आईतवार
गुल्मीमा एचपिभी खोप अभियानको शुभारम्भ

गुल्मी, २२ माघ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मीमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी. खोप लगाउन सुरु गरिएको छ । जिल्ला खोप समन्वय समिति गुल्मीका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले मंगलबार सदरमुकाम तम्घासमा स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गरि खोप अभियानको शुभारम्भ गर्नु भएको हो ।
गुल्मी जिल्लामा ३ सय ९२ खोप केन्द्रमा आजदेखि फागुन ६ गतेसम्म ११ हजार भन्दा बढी किशोरीहरुलाई एचपिभी खोप लगाउन शुरु गरिएको हो । अभियान मार्फत जिल्लाका १० वर्षदेखि १४ वर्ष उमेर समूहका ११ हजार ४ सय ८८ जना किशोरीहरुलाई एचपिभी खोप लगाईने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कक्षा ६ देखि दश कक्षासम्म अध्ययन गर्ने ६ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुका लागि खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
विद्यालय बाहिर रहेका उक्त समूहका दुइ सय २४ जना किशोरीहरुका लागि पनि उक्त खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभएको छ । सरकारले यो वर्षदेखि एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ ।
उक्त अभियान अन्र्तगत आगामी वर्षबाट कक्षा ६ देखि १० वर्षका किशोरीलाई हरेक वर्ष एचपिभी खोप दिने लक्ष्य लिएको छ । यौन जीवनको सुरुवात भइनसकेका उमेर समुहलाई खोप लगाउँदा बढी प्रभावकारी हुने हुँदा ६ देखि १० वर्षको उमेर छनोट गरिएको बताईएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले अभियानलाई जिल्लामा सबैले आआफनो तर्फबाट सहयोग गरि अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।