गुल्मीको गर्जुरामा वर पिपल र स्वामीको विधिवत पुजा तथा विवाह

admin

२०८१ माघ ३० गते, बुधबार ०७:३७ मा प्रकाशित

अनिल खत्री

२९ माघ, गुल्मी । अहिलेको पुस्तालाई सुन्दा अचम्म लाग्न सक्छ वृक्षको पनि बिहे गरिन्छ भनेर । तर यो निकै पुरानो चलन थियो ।

पछिल्लो समय यस्तो परम्परा हराउदै पनि गएको थियो । तर गुल्मी  जिल्लामा त्रिवृक्षको विवाह गरिएको छ ।

 

गुल्मी मा वरपिपल, स्वामीको विधिपुर्वक पुजा तथा विवाह गरिएको छ । जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले गर्जुरा पार्कमा भव्यताका साथ पुजा तथा विवाह कार्यक्रम गरिएको हो ।

समितिका पदाथिकारीले ०७० सालमा रोपर्ण गरेको वर पिपल बिस्तारै बढदै गएपछि त्यसको संरक्षण स्वरुप चौपारी निर्माण गरेर विधिवत पुजा गरिएको छ । वर पिपललाई विधिवत पुजा गरेपछि त्यसको काट्न नहुने लगायतका मान्यता रहि आएको छ ।

पछिल्लो समय गाउँबस्तीमा बर पिपल लगायतका धार्मिक आस्था जोडिएका वृक्षहरु लोभ हुँदै गएकाले त्यसको संरक्षणका लागि विवाह र पुजा कार्यक्रम गरिएको तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीका अध्यक्ष धनबहादुर रानाले बताउनुभयो । विष्णु भगवानको पिपल,बर्माको अवातर वर मानिन्छन् ।

 उनीहरु बीचमा विवाह हुने गर्दछ । विवाहको साँची अर्थात् लोकान्तिका रुपमा महेश्वर भगवानको अवतारका रुपमा स्वामीलाई पुजन गरिने प्रचलन छ ।

लोभउन्मुख चौपारीको संरक्षणका लागि जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले गर्जुरामा साढे ६ लाखको लगानीमा चौपारी निर्माण गरेको छ । चौपारी निर्माणको लागि रेसुङ्गा नगरपालिकाले ९८ हजार ५ सय ३४ र गुल्मी उद्योग वाणिज्य संघले २५ हजार आर्थिक सहयोग गरेका छन् ।

चौपारीको लागि बाँकी आवश्यक रकम संस्थाका विभिन्न व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको हो । रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले चौपारीको उद्धघाटन गर्नुभएको थियो ।

नगरप्रमुख पन्थीले चौपारी निर्माण र पुजाको कर्म अत्यन्तै अनुकरण कार्यको सुरुवात भएको बताउनुभयो  । उहाँले पहलकदमी संघलाई धन्यबाद दिदैं काम सानो भएपनि समाजमा ठूलो सन्देश प्रवाह गरेको बताउनुभयो  ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमा र महत्वलाई उजागर गरी पर्यटन प्रर्वद्धनमा थप टेवा पुगेको नगरप्रमुख पन्थीको भनाइ छ ।  २०६९ सालमा स्थापना भएको संंघ जिल्लाका सामाजिक कार्यक्रमा सरिक हुदैँ आएको छ ।

जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले चौपारी निर्माणदेखि अन्य कार्यमा सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिएको छ । २०६९ सालमा तदर्थ समिति हुदैँ स्थापना भएको उक्त संस्थाले विपत्ति तथा धार्मिक कार्यमा समयमा खाद्यान्न र फलफूुल वितरण गरिएको संघका अध्यक्ष रानाले बताउनुभयो  ।

उनले फलफूल संघले विभिन्न समयमा गरेका सामाजिक कार्यले समुदायमा परिवर्तन समाजसेवाको दियो छरिरहेको बताउनुभयो  ।  हिन्दु धर्म ऐतिहासिक परम्परामा आधारित भएर त्रिवृक्षको संरक्षणको लागि वृक्षको पुजन गरिएको पण्डित घनश्याम आर्चायले बताउनुभयो ।

पण्डित आर्चायका अनुसार मानिस प्रकृति पुजक र भगवान्को आस्थामा धार्मिक कार्य गर्ने गर्दछन् । मानव जीवनमा आउने प्राकृति विपत्ति र मान्छेको रक्षाका लागि पनि धार्मिक विश्वास अनुरुप पुजा गरिएको उहाँले बताउनुभयो  ।

पछिल्लो सार्वजनिक स्थलमा जथाभावीसडक विस्तारका क्रममा सयौं वर्ष पुराना बरपीपलका रूख नष्ट हुँदै गएका छन् । त्यसको संरक्षण स्वरुप गुल्मीमा बर पीपलका रूख रोपर्ण गरेर बिधिवत रुपमा चौपारी निर्माण गरिएको छ ।

अन्य सयौं रूखबाट प्राप्त हुने अक्सिजनको मात्रा पीपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सक बताउँछन । जरा धेरै टाढासम्म फैलने भएकाले बाढी पहिरो नियन्त्रणमा यस्ता ठुला रुखहरुको महत्वपुर्ण सहयोग पुराएका हुन्छन् ।

अदूरदर्शी विकास र जलवायु परिवर्तनको असरले सुक्खा क्षेत्र बढ्दै छ । पोखरी तालसँगै सिमसार क्षेत्र संकटमा छ ।

चौपारीमा बसेर स्वच्छ हावा लिने, विश्राम गर्ने परम्परा अहिले हराउँदै गएको छ गाउँमा मानिसहरुले धर्म कमाउन पोखरी खन्थे र वल पीपल रोप्थे छ । अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा बरपीपल रोपेर चौतारी बनाउने चलन थियो ।

पुराना रूखहरू नष्ट हुँदै जाने र नयाँ रोप्न कोही पनि अग्रसर नभएपछि गाउँमा बरपीपलका रूख देखिन छोडेका छन् । गुल्मीमा सड्क बिस्तारको क्रममा धेरै ठाउँमा बरपीपलका पुराना रूख नष्ट गर्दै सडक निर्माण गरिएका छन् ।